महाभियोग सिफारिस समितिले साँझ सभामुखलाई प्रतिवेदन बुझाउँदै, निर्णय भने अन्योलमा
नेपालबहस संवाददाता
असोज १, २०७९ शनिबार २०:६:२७
१ असोज, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोगबारे छानविन गर्न गठत महाअभियो सिफारिस समितिले जबरासँग लिएको बयानको प्रतिवेदन आज सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने भएको हो । प्रतिवेदन तयारीको पूर्णकाम नसकिएकाले शनिबार दिउँसो ३ बजे बैठक बसेर प्रतिवेदन पुरागरी सभामुखलाई बुझाउने समतिले जनाएको छ ।
प्रतिनिधिसभा अन्तर्गत गठन भएको समितिले निलम्बित प्रधानन्यायाधीश जबरामाथिको अनुसन्धान प्रक्रिया सकेको जनाएको छ । समितिका अनुसार जबराको बयान, लिखितमा उतारिएको बयानमा हस्ताक्षर र प्रतिप्रश्नको जवाफ दिने काम सकिएको छ । शनिबार नै प्रतिवेदनलाई अन्तिम रूप दिएर सभामुखलाई बुझाउन लागिएको हो । सबै अनुसन्धान सकिएपनि प्रतिवेदन तयार पार्न बाँकी छ । मस्यौदा तयार गरेर बाँडिएको छ र तीन बजे बस्ने बैठकमा अन्तिम रूप दिइने बताइएको छ ।
समितिका अनुसार, समितिले तयार पारेको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई दिइनेछ । प्रतिनिधिसभाको कार्यकाल असोज १ (शनिबार) मा सकिँदै छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको यो अधिवेशन असोज १ गते मध्यराति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।
नेपालको संविधान र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा प्रतिनिधिसभाको यो कार्यकालमा नटुंगिएमा नयाँ आउने प्रतिनिधिसभाले महाभियोग प्रक्रिया टुंग्याउने तयारी छ । संविधानको धारा १०१ को उपधारा ६ मा ‘महाभियोगको कारबाही प्रारम्भ भएपछि प्रधानन्यायाधीश, न्यायाधीश वा अन्य संवैधानिक निकायका पदाधिकारीले त्यस्तो कारबाही टुंगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैन’ भन्ने व्यवस्था छ । संविधानको यो व्यवस्थाअनुसार महाभियोगको कारबाहीलाई प्रतिनिधिसभाले टुंगो नलगाएसम्म जबरा काममा फर्कन नपाउने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार