संसदमा शीर्ष तीन नेताको दोहोरी, परमादेश बन्यो मूख्य विषय
नेपालबहस संवाददाता
असोज १, २०७९ शनिबार २१:८:३६
१ असोज, काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि शनिबार अन्तिम बैठकका रुपमा ठाकिएको प्रतिनिधिसभा बैठकमा तीन दलका शीर्ष तीन नेताले परमादेशका विषयमा राम्रैसँग दोहोरी खेलेका छन् ।
प्रतिनिधिसभामा अन्तिम सम्बोधनका लागि संसद भवन छिरेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दोहोरी खेलेका हुन् । उदेवा र दाहालले संसद विघटन प्रतिगनकारी कदम भएको बताएका थिए भने ओलीले संसद विघटन प्रतिगामी कदम नभएर परमादेशबाट सरकार बन्नु गलत भएको बताए ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेशको सरकार भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई परमादेशकै कारण सँगै बसेर कम गर्ने मौका पाएको जवाफ दिए । देउवाले परमादेशकै कारण संसद बचाउन सकेको र सँगै बसेर काम गर्न पाएको टिप्पणी गरे । दुई पटक प्रतिनिधिसभा विघटन गरेका निवर्तमान प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई परमादेशको सरकार भन्दै आइरहेका थिए ।
देउवाले भने, ‘हुनत हाम्रो प्रतिपक्षी दलको नेताले परमादेशको सरकार भन्नुहुन्छ, यो संसद नै परमादेशबाट आएको हो, जहाँ उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौं । परमादेश नभएको भए उहाँ र हामी सँगसँगै काम गर्न नै पाउँदैनथ्यौं, धेरै ठूलाठूला विधेयकहरु पास गर्न नै पाउँदैनथ्यौं ।’ प्रधानमन्त्री देउवाले परमादेशकै कारण भेट गर्ने मौका पाएको टिप्पणी गरे । ‘त्यसकारण परमादेशले हामीलाई भेट गर्ने मौका दियो । यसका लागि न्यायालयले न्याय गरेको मैले महसुस गरेको छु ।’
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीको प्रतिनिधिसभा विघटनको निर्णय प्रतिगामी भएको बताए । उनले एमाले अध्यक्ष ओलीले संसद् विघटनको बचाउ गरिरहँदा दाहालले यस्तो प्रतिक्रिया दिएका थिए । ओलीले पार्टीको आन्तरिक विवादलाई समाधान गर्नुको सट्टा सार्वभौम अधिकार सम्पन्न सदन विघटन गर्ने निर्णय प्रतिगामी भएको उनको भनाई थियो ।
प्रचण्डले भने, ’प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिगमन र लोकतन्त्रको व्याख्या गर्नुभयो । मलाई अलि अनौठो लाग्यो । जसले जे भने पनि हुने रहेछ कि क्या हो भन्ने लाग्यो मलाई । संविधानमा हुँदै नभएको अधिकार सदनभित्रबाट अर्को सरकार बन्ने सम्भावना भएसम्म सदन विघटन गर्न पाइँदैन सचेत रूपले संविधानमा व्यवस्था गरेको होइन ? अनि सरकार बनाउने अर्को सम्भावना हुँदाहुँदै कि गरियो ।’
बैठकलाई सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले सर्वोच्च अदालतको परमादेशबाट प्रतिनिधिसभा पुनःस्थापनालाई असंवैधानिक कदमको संज्ञा दिए । ओलीले वर्तमान सरकारको पालामा भ्रष्टाचारसमेत बढेको बताए । आफ्नो सरकारले गत वर्ष वैशाख १७ र २७ गते चुनाव घोषणा गर्नु प्रतिगमन नभएको पनि उनले दोहोर्याए ।
ओलीले,’गत वर्ष वैशाख १७ र २७ गते चुनाव गर्दा प्रतिगमन कहाँ आउँथ्यो । निर्वाचनमा जानुलाई प्रतिगमन भनिँदैन । परमादेशबाट असंवैधानिक तरिकाले सरकार गठन गरिनुचाहिँ प्रतिगमन हो ।’ देउवाको प्रशंगलाई कोट्याउँदै ओलीले भने, ’आज छुट्टिने बेलामा के कठोर बोली बोल्नु छ र ? प्रधानमन्त्रीले यस्सो कुरा उठाउनु भएको भएर मात्र बाटो बिराउला कि भनेर त्यसलाई सही बाटोमा लैजान मात्र भनेको हुँ । बाहिरबाहिर एकथोक भनिने र भित्रभित्र अर्कोथोक गरिने अपेक्षा गरेका हुँदैन जेहोस् सम्माननीय प्रमले यसो कुरा उप्काउनु भएको हुनाले मात्र यो कुरा भनेको हुँ ।’
प्रतिनिधिसभाको कार्यकाल असोज आज शनिबारबाट सकिँदै छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको यो अधिवेशन असोज १ गते मध्यराति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ । ओलीले ४ मंसिरको निर्वाचनका लागि निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष भूमिका खेल्नुपर्ने पनि बताए । उनले निर्वाचन आयोग सरकारका अगाडि लतारिन नहुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार