समानुपातिक उम्मेदवारको सूची तयार पार्न सकस भएपछि देउवाले बोलाए बालुवाटारमा बैठक
नेपालबहस संवाददाता
असोज २, २०७९ आइतबार १५:३:६
२ असोज, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय समितिका सदस्यहरुलाई बालुवाटार बोलाएका छन् । समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची तय गर्न देउवाले संसदीय समितिको बैठक डाकेका हुन् । बैठक आइतबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
हिजो बसेको संसदीय समितिको बैठकले सहमति जुटाउन सकेको थिएन् । कांग्रेसले क्लस्टर अनुसारको सूची बनाउन आठ सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ । सहमहामन्त्रीहरुले तयार गरेको सूचीमा थप छलफल गरी आज टुंगो लगाइने छ । निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूची बुझाउने समय आज र भोलिको लागि निर्धारण गरेको छ ।
प्रतिनिधिसभाका २७५ सिटमध्ये प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सीट छन् । कांग्रेसले आज र भोली विहानसम्मा समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ११० र प्रदेशसभाका लागि ३३० उम्मेदवारको बन्दसूची तयार गर्नुपर्ने छ ।
कांग्रेस प्रवक्ता प्रकाशसरण महतले हाललाई समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची तयार गर्ने प्रयास भइरहेको बताए । उनले भने, ‘हामी निरन्तर छलफलमै छौँ, पार्टीभित्रको सबै सन्तुलन मिलाएर उम्मेदवार छान्नुपर्ने अवस्था छ, त्यसैले केही मेहिनेत परेको हो,’ उनले भने । निर्वाचन आयोगले आइतबार र सोमबारका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउने मिति तोकेको छ । भोली विहानसम्मा कांग्रेससले टुंग्याउँछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार