चर्चित बुटिक काजल क्रियसनको आठौं वार्षिकोत्सव भब्यताका सम्पन्न
नेपालबहस संवाददाता
असोज २, २०७९ आइतबार १८:८:५१
२ असोज, काठमाडौं । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सर्बाधिक चर्चा बटुल्न सफल बुटिक काजल क्रियसन आठौं बर्षमा प्रवेश गरेको छ। हिजो भएको एक भब्य कार्यक्रममा विभिन्न सेलिब्रेटी तथा समाजसेवीहरुको बाक्लो उपस्थितिमा काजल क्रियसनको आठौं वार्षिकोत्सव भब्यताको साथ केक काटेर मनाईएको थियो भने काजल शर्मालाइ जन्मदिनको शुभकामना समेत प्रदान गरिएको थियो। काजल क्रियसन बुटिकको वार्षिकोत्सव संगै उक्त बुटिकको संचालिका काजलको जन्मदिन एकैसाथ पर्न गएको छ।
वार्षिकोत्सव कार्यक्रममा चलचित्र निर्देशक निर्माता तथा अभिनेत्री दीपाश्री निरौला, लोकप्रिय अभिनेता दिपकराज गिरि, हास्य अभिनेता निर्मल शर्मा, लोकप्रिय गायिका प्राश्ना शाक्य, बरिष्ट ब्युटिसियन सोनी कारंजित, बरिष्ट ब्युटिसियन रश्मिला श्रेष्ठ, समाजसेवी प्रकाश कुमार श्रेष्ठ, समाजसेवी सुन्दर थापा, गायिका रानु निरौला, समाजसेवीहरु नरेश पाण्डे, निकिता पाण्डे, आशिष पोखरेल, हेमा पोखरेल, युवा ब्यबसायी बसन्ती अधिकारी, संचारकर्मी तथा कलाकार सूर्य चन्द, मोडल सुमी पुरी, फोटोग्राफर बद्री थापा, लक्ष्मण महर्जन, गायक बिक्रम थापा लगायतले बार्षिकोत्सब तथा फेशन डिजाईनर काजल शर्मालाई जन्मदिनको शुभकामना दिए ।
आठ वर्ष अघि विश्वकर्मा पुजाको दिन ललितपुरको कुपन्डोलमा उनले काजल क्रियसन बुटिक स्थापना गरेकी थिईन् । सयौं म्युजिक भिडियो तथा विभिन्न चलचित्रमा फेशन डिजाईन गरिसकेकी काजल अहिलेको पुस्ताकी फेशन डिजाईनरमा लोकप्रिय छन् ।
काजल क्रियसन बुटिककि सञ्चालिका काजल शर्मा बिगत एक दशकदेखि फेसन डिजाइन पेसामा छिन् । काजल क्रियसन बुटिकले नेपाल देखि युरोप अमेरिका सम्म आफ्नो संजाल फैलाउदै गएको छ। विश्व भरिनै अहिले उनले डिजाइन गरेको ड्रेसहरुको माग बढ्दै गएको छ ।
छोटो समयमा नै फेशनको संसारमा आफ्नो छुट्टै पहिचान बनाएर फेशन प्रेमीहरुको मन जित्न सफल काजल क्रियसन सेलिब्रिटीदेखि सर्बसाधारणहरुको रोजाइमा पर्न सफल भएको छ । विभिन्न चलचित्र देखि म्युजिक भिडियो तथा सेलेब्रेटि नायक नायिका, राजनीतिकर्मी, व्यवसायीहरु तथा सर्ब साधारणहरुको समेत ड्रेस डिजाइन गरेर काजल क्रियसनले ख्याति कमाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार