नुवाकोटमा मतदाताको संख्या दुई लाख ३९ हजार
नेपालबहस संवाददाता
असोज २, २०७९ आइतबार १९:१५:७
२ असोज , नुवाकोट । आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा नुवाकोटका दुई लाख ३९ हजार सात सय २६ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा भएका पुरुष मतदाताको संख्या एक लाख २३ हजार नौ सय ४१ तथा महिलाको संख्या एक लाख १५ हजार सात सय ८२ र अन्य तीन मतदाता रहेका छन् ।
त्यस्तै जिल्लाभरिमा मतदानस्थल एक सय ३२ र मतदान केन्द्र दुई सय ८८ कायम गरिएको निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
नुवाकोटमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र दुई तथा प्रदेशसभा निर्वाचन क्षेत्र चार रहेका छन् । यस्तै निर्वाचन क्षेत्र नं १ मा एक लाख २० हजार सात सय ५२ र क्षेत्र नं २ मा एक लाख १८ हजार नौ सय ७४ मतदाता छन् ।
त्यसमध्ये निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा ५९ हजार चार सय ५९ र (ख) मा ६१ हजार दुई सय ९३ मतदाता छन् । निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) मा ५९ हजार चार सय ५३ र (ख) मा ५९ हजार पाँच सय २१ मतदाता रहेको निर्वाचन आयोगले विवरणमा उल्लेख छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा दुई लाख ३७ हजार चार सय ३४ मतदाता कायम भएका थिए । त्यसबीचमा सञ्चालन भएको मतदाता नामावली संकलन कार्यक्रममा सहभागी भई चार हजार पाँच सय ३७ जनाले फोटो खिचाएका थिए ।
गत भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अध्यावधिक कार्यक्रम सञ्चालन भएको थियो । त्यस समयमा मृत्यु भएका मतदाताको नाम हटाउनका लागि मात्र निवेदन परेको जिल्ला निर्वाचन कार्यलयका सूचना अधिकारी रुद्रबहादुर सुसलिङले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार