सभामुख सापकोटाले हेरे ‘ऐना झ्यालको पुतली’, भन्छन् : सकिएको पत्तै भएन !
नेपालबहस संवाददाता
असोज २, २०७९ आइतबार १९:४०:४४
२ असोज, काठमाडौं । सभामुख अग्नि सापकोटाले गत शुक्रबार फिल्म ‘ऐना झ्यालको पुतली’ हेरेका छन् । फिल्म हेरिसकेपछि उनले फिल्म राम्रो बनेको र यो फिल्म गाउँ सहर, शिक्षक अभिभावक सबैले हेर्नुपर्ने बताए
‘फिल्म सकिएको पत्तै भएन । म १५ वर्ष पढाएको शिक्षक हुँ । गाउँको मान्छे पनि हुँ । योसँगै फिल्मले समाजको चित्रण पनि दुरुस्त गरेको रहेछ । यो फिल्म मौलिक पनि छ र सन्देश पनि बहुआयामिक रहेछ,’ उनले भने ।
सापकोटाले पाँच वर्षअघि फिल्म ‘कान्छी’ हेरेको स्मरण गरे । उनले फिल्म ‘ऐना झ्यालको पुतली’ आफ्नो जीवनसँग मेल नखाए पनि गाउँका धेरै कुराहरू मिल्दोजुल्दो भएकोले आफैंले भोगेजस्तो अनुभव भएको बताए ।
‘मेरो घरमा बहिनी थिएनन् । दिदी थिए तर उनीहरूले पढ्न पाउँदैनथे । हामीले मात्र पढ्न पायौं, त्यसैले ठ्याक्कै मेरै जीवनसँग त मेल खाएन, तर यो हामीले गाउँमा जताततै देखेको दुनियाँ हो । खासगरी मलाई दिदीभाइको प्रेम र संघर्षको कुरा असाध्यै राम्रो लाग्यो,’ उनले भने ।
२४ भदौमा रिलिज भएको सुजित बिडारी निर्देशित फिल्मले दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । शुक्रबारबाट दोस्रो हप्तामा प्रवेश गरेको फिल्मले पहिलो हप्ताभन्दा दोस्रो हप्तामा सो र दर्शक दुवै बढी पाइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार