प्रधानन्यायाधीश जबरालाई अघोषित नजरबन्दमा राखिएको हैन, सुरक्षा दिएको होः नेपाल प्रहरी
नेपालबहस संवाददाता
असोज २, २०७९ आइतबार २२:३१:१८
२ असोज, काठमाडौं । नेपाल प्रहरीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अघोषित नजरबन्दमा नराखिएको बताएको छ ।जबरामाथि हुनसक्ने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर थप सुरक्षाको प्रबन्ध गरिएको प्रहरीको भनाई छ । उनको सुरक्षामा खतरा आउनसक्ने अवस्थालाई ध्यान दिएर मात्रै सुरक्षाकर्मीको संख्या बढाएको प्रहरीको भनाई छ ।
प्रहरी प्रधान कार्यालयका निमित्त प्रहरी प्रवक्ता एसएसपी दानबहादुर कार्कीले प्रधानन्यायाधीश जबरालाई निवासबाट निस्कन नदिइएको विषय सत्य नभएको भन्दै अघोषित नजरबन्द गर्न कतैबाट पनि निर्देशन नआएको बताए । आइतबार सञ्चारकर्मीहरुलाई यसबारे प्रतिक्रिया दिँदै एसएसपी कार्कीले सुरक्षाको विषयले मात्र प्रधानन्यायाधीशको निवासमा प्रहरी राखिएको दावी गरे ।
उनले सुरक्षाका कुनै विषय नउठोस् भनेर अन्य दिनभन्दा केही बढी सुरक्षाकर्मी परिचालन गरिएको र सुरक्षाको विषयबाहेक प्रधानन्यायाधीशको निवासमा अन्य उदेश्यले प्रहरी नराखिएको बताए । कार्कीले भने,‘निवासबाट सामान्यजस्तै अन्यत्र जान रोकिएको छैन् । अन्य दिनभन्दा बढी उपस्थित भएकाले रोकेको भन्ने बुझाई मात्र भएको हो । सुरक्षाको विषयमा केन्द्रीत भएर प्रहरी राखिएको हो अन्यथा केही होइन ।’
सरकारले प्रधानन्यायाधीश जबरालाई निवास बाहिर निस्कन रोकेपछि मानव अधिकार आयोगले सर्वोच्च अदालत र जबराको निवास बालुवाटारमा आफ्ना प्रतिनिधि पठाएको छ । सहसचिव तथा प्रवक्ता टीकाराम पोखरेलको नेतृत्वमा टोली पठाएको आयोग सदस्य लिली थापाले जानकारी दिएकी छन् ।
महाभियोग सिफारिस समितिले जबरालाई महाभियोग लगाउन योग्य रहेको प्रतिवेदन शनिबार संसद्लाई बुझाएको थियो । त्यसपछि जबराले आफूमाथि महाभियोग लगाउने संसद नै कामय नरहेको अवस्थामा पदमा फर्किनका लागि योग्य भएको भन्दै आइतबार सर्वोच्च छिर्ने तयारी गरेका थिए । तर सरकारले उनी अहिलेसम्म पनि निलम्बित अवस्थामा नै रहेको भन्दै सुरक्षा निकायलाई जबरालाई सर्वोच्च छिर्न रोक लगाउन निर्देशन दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, आजदेखि थुनछेक बहस
पुष २९, २०८१ सोमबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार