माओवादीले टुंग्यायो समानुपातिक उम्मेदवार, पदाधिकारीलाई समानुपातिकबाट बन्चित
नेपालबहस संवाददाता
असोज ३, २०७९ सोमबार २१:५५:३५
३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फका उम्मेदवारको नाम टुंगो लगाएको छ । लामो छलफल पछि माओवादीले बन्दसूचीमा पठाउने उम्मेदवारहरुको नाम छनोट गरेको हो । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरुको नाममा अहिले हस्ताक्षर गर्ने तयारी भइरहेको माओवादीले जनाएको छ ।
समानुपातिकको सूचीमा पदाधिकारीहरुलाई भने राखिएको छैन् । माओवादी केन्द्रीय कार्यालयका अनुसार उम्मेदवारको बन्दसूची तयार भइसकेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर फर्कदा केही ढिलाई भएको हो । अध्यक्ष प्रचण्ड सोलुखुम्बुमा गाउँपालिकाको भवन उद्घाटन गर्न गएका थिए ।
अध्यक्षले हस्ताक्षर नगरेसम्म बन्दसूचीले वैधानिकता नपाउने भएकाले उनलाई कुर्दा आयोग जान ढिला भएको हो । समानुपातिक उम्मेदवारको सूची टुंग्याउन सोमबार बिहान बोलाइएको पदाधिकारी बैठक २ बजेसम्मलाई स्थगित गरेर प्रचण्ड सोलुखुम्बुको दुधकोसी गाउँपालिकाको भवन उद्घाटन गर्न गएका हुन् । अब प्रचण्ड फर्किएको र पदाधिकारी बैठक बसेर समानुपातिक सूची मिलाउन तयारी गरिएको छ ।
माओवादीले महासचिव देव गुरुङको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदलले तल्ला कमिटीबाट आएका नाम आइतबार घटाएर ४ सयमा झारेको थियो । माओवादीका अनुसार सोमबार बिहान बसेको कार्यदलको बैठकले ४ सयबाट पनि नाम घटाएर ३३० मा झारेको हो । दलहरुले प्रतिनिधिसभाका लागि ११० र प्रदेशसभाका लागि २२० गरी ३३० जनाको बन्दसूची निर्वाचन आयोगमा सोमबार नै पठाउनुपर्नेछ ।
माओवादीले समानुपातिकमा यसअघिका सांसदलाई नदोहो¥याउने मापदण्ड बनाएको छ । उपाध्यायले पदाधिकारीबाट कोही पनि समानुपातिक सूचीमा नपरेको बताए । माओवादीको पदाधिकारी २१ सदस्यीय छ, जसमध्ये अधिकांश प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् । पदाधिकारी बैठकले सूची टुंग्याएपछि माओवादी त्यसलाई बुझाउन आयोग जाने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी डलर स्थिर, अन्य कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
पुष २९, २०८१ सोमबार