पियुस र सुनैनाले जिते मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको उपाधि
नेपालबहस संवाददाता
असोज ३, २०७९ सोमबार २३:१९:१८
३ असोज, काठमाडौं । ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल २०२२’ को विजेता पियुस अग्रवाल र सुनैना क्षेत्री भएका छन् । फेलिज इन्टरनेशनलले राजधानीमा आयोजना गरेको प्रतियोगीताको अन्तिम स्पर्धामा पियुसले मिष्टर र सुनैनाले मिस तर्फको शिर्ष उपाधि हात पारेका हुन् ।
पियुसले पर्सनालिटी र कन्जिन्यालिटी उप–शिर्षक समेत हात पार्दा सुनैना मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस समेत बनिन् । प्रतियोगीतामा मिस्टर तर्फ सुजल संग्रौला फष्टरनर अप र सुरज रसाइली सेकेन्ड रनरअप बन्दा मिस तर्फ दीक्षा उपाध्याय फष्ट रनर अप र बिदिसा श्रेष्ठले थड रनरअपको उपाधि हात पारिन् ।
१६ देखी २१ बर्षसम्मका एसईई तथा प्सल टु परिक्षा दिएर बसेका विद्यार्थीहरुको फूर्सद सदुपयोग गर्दै उनीहरुको आत्मविश्वास, कार्यक्षमता अभिबृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्धत पु¥याउने उदेश्यले आयोजित प्रतियोगीताको निर्णायकमा पुर्व मिस नेपाल उषा खड्गी, अभिनेता सलिनमान बनिया, सलोन बस्नेत, पूजा गिरी, दीपक घिमिरे, दिब्या प्रभा झा थिए ।
प्रतियोगीताका शिर्ष विजेताले १० अक्टुबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा द व्रिटिस कलेजबाट अध्यानका लागि सतप्रतिसत छात्रबृती, आयोजकका तर्फबाट नगद पुरस्कार रु १ लाख तथा विभिन्न उपहारहरु समेत प्राप्त गरेका छन् ।
त्यस्तै फस्र्ट रनरअप तथा सेकेण्ड रनर अपले व्रिटिस कलेजबाट पचास प्रतिसत छात्रबृती तथा सहभागीले पहिलो बर्ष अध्यायनका लागि पचिस प्रतिशत छात्रबृत्ती प्राप्त गर्नेछन् । ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ युवायुवतीको विकासमा ठूलो मद्दत पु¥याउने अपेक्षा सहित आफुले प्रतियोगीता आयोजना गरिएको फेलिज इन्टरनेशनलका निर्देशक तथा टप मोडल अफ युनिभर्सका कन्ट्रि डाईरेक्टर साहील खानले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार