प्रदेश १ मा आत्महत्या : महिलाभन्दा पुरुष दोब्बर
नेपालबहस संवाददाता
असोज ४, २०७९ मंगलबार १४:५६:८
४ असोज, झापा । आत्महत्याको दरलाई न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश १ सरकारले नेपाल प्रहरीसँग मिलेर सचेतना कार्यक्रम शुभारम्भ गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले यही असोज २ गते विराटनगरमा कार्यक्रमको शुभारम्भ गरे ।
सो अवसरमा प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले नागरिकको जीवनरक्षा गर्ने प्रहरीको मूल दायित्व र कर्तव्य रहेको बताए । नेपाल प्रहरीको कार्ययोजना २०७९ अन्तर्गत कार्यक्रम सुरु गरिएको बताइएको छ । प्रदेशका १४ जिल्लाका प्रहरी कार्यालयले विभिन्न सरोकारावाला निकायसँग मिलेर आत्महत्या रोगथामसम्बन्धी विभिन्न सचेतना कार्यक्रम जारी राखेका छन् ।
प्रदेश नं १ मा आत्महत्या गर्नेको सङ्ख्या बर्सेनि बढ्दो छ । आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष दोब्बरले बढी रहेको प्रहरीको तीन वर्षको तथ्याङ्कले देखाउँछ । प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी नवीनराज राईका अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक हजार चार सय ८९ जनाले आत्महत्या गरेका छन् । तीमध्ये पुरुषको सङ्ख्या नौ सय २२ र महिला चार सय ४३ छन् ।
आव २०७७/७८ मा आत्महत्या गरेका एक हजार पाँच सय १६ मध्ये पुरुष आठ सय ९१ र महिला चार सय ७४ थिए । आव २०७६/७७ मा आत्महत्या गर्नेको कूल सङ्ख्या एक हजार तीन सय ४४ रहेको थियो । जसमध्ये पुरुष सात सय ७० र महिला चार सय १६ जना थिए ।
प्रहरीका अनुसार झुण्डिएर, विषसेवन र औजारको प्रयोग गररे आत्महत्याका घटना भएका छन् । प्रदेशभरमा अधिक आत्महत्या हुने जिल्ला क्रमशः झापा, मोरङ र सुनसरी हुन् । आव २०७८/७९ मा झापामा तीन सय १४, मोरङमा तीन सय १४ र सुनसरीमा दुई सय १२ ले आत्महत्या गरेका छन् । पहाडी जिल्लामा भने सबैभन्दा बढी आत्महत्या इलाममा हुने गरेको छ । गत आवमा इलाममा एक सय २८ जनाले आत्महत्या गरेका थिए ।
आत्महत्या गर्ने बालबालिकाको सङ्ख्यासमेत कहालीलाग्दो छ । आव २०७८/७९ मा एक सय २४, आव २०७७/७८ मा एक सय ५१ र आव २०७६/७७ मा एक सय ५८ बालबालिकाले आत्महत्या गरेको पाइएको छ । “आत्महत्या यसैकारणले हुन्छ भन्न सकिँदैन”, प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी राईले भने, “तर अधिकांश घटना आर्थिक लेनदेन र घरेलु विवादका कारण भएका देखिन्छन् ।” यो कार्यक्रमले आगामी दिनमा आत्महत्याका घटना न्यूनीकरण हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
भुल्केमा डोको बोकेर पानीको जोह गर्ने दिनको अन्त्य
माघ ५, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार