शक्तिशाली टाइफून नान्मादोलका कारण बाढी र पहिरोको प्रकोप
नेपालबहस संवाददाता
असोज ४, २०७९ मंगलबार १८:१५:२५
४ असोज, काठमाडौं। जापानमा उद्धारकर्ताहरूले शक्तिशाली समुद्री आँधीका कारण थप बाढी र पहिरो आउन सक्ने चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार टाइफून नान्मादोल नाम दिइएको उक्त समुद्री आँधी जापानको दक्षिणी टापु क्युशुमा आइतवार बिहान बज्रिएपछि तीव्र गतिमा अघि बढिरहेको छ।
बीबीसीले उक्त समुद्री आँधीका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ९० जनाजति घाइते भएका उल्लेख गरेको छ। टाइफून नान्मादोलको प्रकोपबाट जोगिन ९० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ। अहिले साढे तीन लाख घरमा विद्युत् आपूर्ति छैन। आगामी २४ घण्टामा ४०० मिलिमिटर पानी पर्ने पूर्वानुमान गरिएको छ।
उक्त शक्तिशाली समुद्री आँधीका कारण २३४ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चलेको छ। हावाहुरीका कारण घरहरूमा क्षति पुगेको छ र यातायात अवरुद्ध भएको छ। समुद्री आँधीलाई चौथो वा पाँचौ वर्गको हरिकन जत्तिकै शक्तिशाली मानिएको छ। राजधानी टोक्योमा पनि ठूलो वर्षा भएको छ। बाढीका कारण टोजाई अन्डरग्राउन्ड लाइन बन्द भएको छ। बुलेट रेल सेवा, फेरी र सयौँ उडानहरू रद्द भएका छन्। पसल र व्यवसायहरू पनि खुल्न सकेका छैनन्। टोक्योमा खिचिएको भिडिओमा भवनहरूका छाना उडेको र बिलबोर्डहरू भत्किएको देख्न सकिन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार