नागरिकता विधेयकको प्रमाणीकरण रोक्न सर्वोच्चमा दर्ता भएको रिट पेशी चढेसँगै स्थगित
नेपालबहस संवाददाता
असोज ४, २०७९ मंगलबार २०:२९:८
४ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने अन्तिम दिनमा आएर प्रमाणीकरण रोक्न माग गरिएको रिट सर्वोच्च अदालतको एकल इजलासमा पेशी चढेर पनि स्थगितमा परेको छ । । वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र रमेश बडालले गत बिहीबार नै दर्ता गरेको निवेदन आज(मंगलबार) एकल इजलासको पेशीमा राखिएको थियो ।
सवोच्च प्रशासनका अनुसार निवेदनमा राष्ट्रपति कार्यालय, शितल निवास लगायतलाई विपक्षी बनाइएको थियो । निवेदनमा नागरिकता विधेयक मुलुक र जनताको हितमा नरहेको जिकिर गर्दै विधेयक प्रमाणीकरण नगर्न आदेशको जारी गर्नुपर्ने माग राखेर दर्ता गरिएको थियो । तर, यसलाई हेर्न नमिल्ने कारण देखाएर स्थगित गरिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्माको एकल इजलासमा परेको रिट हेर्न नमिल्नुको कारण रिट निवेदनमा वरिष्ठ अधिवक्ता रमेश बडालको समेत संलग्नता रहेको भनिएको छ । बडाल र डा. शर्माले यसअघि एउटै ल फर्ममा काम गरेका कारण न्यायाधीश शर्माले मुद्दा हेर्न नमिल्ने अवस्था आएको बताइएको छ ।
मंगलबार स्थगित भएको निवेदन भोली बुधबारका लागि पेशी तोकिएको छ । निवेदनमा राष्ट्रपति कार्यालय सहित प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र गृहमन्त्रीलाई विपक्षी बनाइएको छ । भण्डारीले संघीय संसदबाट नागरिकता विधेयक दोस्रोपटक पारित भएलगत्तै सर्वोच्च अदालतमा रिट निवेदन दिएपनि कामु मुख्य रजिष्ट्रार नारायण पन्थीले निवेदन दर्ता हुन नसक्ने भनी दरपीठ आदेश गरे ।
सवोच्च प्रशासन निकट कर्मचारीका अनुसार कानून अनुसार पेश नभएको, अदालतमा आउन परिपक्व नभएको वा क्षेत्राधिकार नभएको निवेदन पेश भएमा अदालतमा प्रशासनिक स्तरबाट दरपीठको आदेश गर्ने प्रचलन छ । उक्त समयमा तीनमध्ये एक कारण देखाएर पन्थीले दरपीठको आदेश गरेका थिए ।
भण्डारीले भदौ २३ गते दरपीठ आदेशविरुद्ध फेरि सर्वोच्च अदालतमा निवेदन दिएका थिए । दरपीठको आदेश चित्त नबुझेर निवेदन दिएका कारण सर्वोच्च अदालतले भण्डारीको रिटलाई एकल इजलासमा सुनुवाइका पेशीमा राखेको थियो । भण्डारीले पेश गरेको दरपीठ विरुद्धको आदेश न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले सुनुवाई गरेको थियो ।
उक्त इजलासले २८ भदौ २०७९ मा रिट निवेदन दर्ता गर्न आदेश दिएपछि त्यही आदेश अनुसार अधिवक्ता भण्डारीले फेरी ३० भदौमा निवेदन दर्ता गरेको नेपालबहसलाई जानकारी दिए । यो रिटको सुनुवाइ भोली हुनेछ भने राष्ट्रपति नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने समय आज सकिँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर
पुष २८, २०८१ आइतबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार