साँझ पाँच बजेसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण भएन, राष्ट्रपति भण्डारी छलफलमै व्यस्त
नेपालबहस संवाददाता
असोज ४, २०७९ मंगलबार २३:१:३
४ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यलय समय सकिँदाासम्म नागरिकता विधेयक प्रमाणीकरण गरेकी छैनन् । उनले दिउँसोदेखि नै विभिन्न क्षेत्रका व्यक्तिहरुलाई शीतलनिवासमै बोलाएर छलफल गरिरहेको राष्ट्रपति कार्यलयका प्रबक्ता सागर आचार्यले नेपालबहसलाई जनकारी दिएका छन् ।
राष्ट्रपति कार्यलयका अनुसार नागरिकता विधेयकलाई लिएर राष्ट्रपति भण्डारीले विभिन्न व्यक्तिहरूसँग छलफल गरिरहेकी छन् । आज साँझ पनि परामर्शका लागि उनले विभिन्न क्षेत्रका विज्ञहरुलाई बोलाएकी छन् ।
संघीय संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नेपाल नागरकिता (पहिलो संशोधन) ऐन, २०७९ लाई संवैधानिक व्यवस्थाअनुसार प्रमाणीकरण गर्नैपर्ने सीमा पुगेको दिन राष्ट्रपति भने छलफलमै व्यस्त रहेकी छन् ।
नागरिकता विधेयक भदौ २० गते राष्ट्रपति कार्यालय प्रमाणीकरणका लागि पुगेको थियो । आचार्यले मंगलबार उक्त विधेयक राष्ट्रपति कार्यालयमा दर्ता भएको १५ दिन पुग्ने भएकाले राष्ट्रपति भण्डारी छलफलमा रहेको बताए ।
राष्ट्रपतिले यसअघि उक्त विधेयक संसदमा फिर्ता पठाएकी थिइन् । राष्ट्रपतिबाट फिर्ता आएको विधेयक सोही अवस्थामा वा संशोधनसहित संसद्ले प्रमाणीकरणका लागि पठाएको १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ । उक्त समय आज मध्येरातबाट सकिँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार