निर्वाचन क्षेत्रमै अधिकृतको कार्यालय राख्ने आयोगको निर्णय
नेपालबहस संवाददाता
असोज ४, २०७९ बुधबार २:२५:६
४ असोज, काठमाडौं । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने स्थानीय तहमा नै रहने भएको छ । यद्दपि कतिपय निर्वाचन क्षेत्रको कार्यालय सदरमुकाममा समेत तोकिएका छन् । यसअघिका निर्वाचनमा भने जिल्लाको सदरमुकाममा नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै आएको थियो ।
निर्वाचन आयोगले निर्वाचनका लागि आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाम र सम्बन्धित निर्वाचन क्षेत्रभित्रका स्थानीय तहमा हुने गरी निर्णय गरेको छ । जस अनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा सदरमुकाममै निर्वाचन अधिकृतको कार्यालय रहनेछन् । ३५ वटा जिल्लामा एक मात्र प्रतिनिधि सभा क्षेत्र छन् । दुई निर्वाचन क्षेत्र रहेका २१ जिल्लामा सदरमुकामबाहिर १४ वटा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रको स्थानीय तहमा रहनेछन् ।
तीन निर्वाचन क्षेत्र रहेका सात वटा जिल्लामा भने सदरमुकामबाहिर १२ वटा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगले जनाएको छ । चार वटा निर्वाचन क्षेत्र रहेका नौ जिल्लामा भने २४ निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रमा रहने निर्णय गरिएको छ ।
पाँच वटा निर्वाचन क्षेत्र रहेका तीन जिल्लामा १२ निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम बाहिर स्थापना गर्ने निर्णय गरिएको छ । छ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा भने सदरमुकामबाहिर तीन वटा निर्वाचन अधिकृतको कार्यालय रहनेछन् । दश निर्वाचन क्षेत्र रहेको काठमाडौंमा भने निर्वाचन क्षेत्र नं १ बाहेकका सबै क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय सदरमुकामबाहिर नै हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार