खैरो हेरोइनसहित ६ जना पक्राउ
नेपालबहस संवाददाता
असोज ४, २०७९ बुधबार २:५५:१८
४ असोज, चितवन । लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन् । १० ग्राम ५०० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ६ जनालाई पक्राउ गरिएको चितवन प्रहरीले जनानकारी दिएको छ ।
सोमबार राति जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलिले भरतपुर महानगरपालिका वडा नं. १५ सूर्यनगर च्यानडाँडाबाट सो परिमाणमा लागु पदार्थसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट स्टिलको थाल थान-२, अर्ध जलेको अवस्थामा जम्मा ६० रुपैया, लाईटर थान-४, चुरोट-१२ खिली साथै, टुक्रा पारेको अवस्थाको व्लेड ८ टुक्रा, सिक्का ३ वटा, प्लाष्टिकको स(साना टुक्रा काटि पुरिया बनाई प्याकिङ गरी राखेको अवस्थामा १५५ वटा पुरियामा लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५०० मिलिग्राम बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १५ बस्ने बर्ष २२ को सन्तोष परियार, सोही महानगर वडा नं. १९ बस्ने बर्ष २२ को यम बहादुर आले मगर, लम्जुङ घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नं. २० बस्ने बर्ष ३० को तुल बहादुर गुरुङ, भरतपुर महानगरपालिका वडा नं. १५ बस्ने बर्ष २३ को प्रशन्न गुरुङ, नवलपरासी देवचुली न.पा. वडा नं. १५ घर भई हाल भरतपुर महानगरपालिका वडा नं. १५ बस्ने बर्ष २३ को चेत बहादुर क्षेत्री, र भरतपुर महानगरपालिका वडा नं. २७ मेघौली बस्ने बर्ष ३६ को सुरेस महतो रहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार