राष्ट्रपतिबाट वर्तमान राजनीतिक प्रणालीमाथि आघात पुर्याउने काम भयो, इतिहासले धिक्कार्छः पौडेल
नेपालबहस संवाददाता
असोज ५, २०७९ बुधबार १५:१४:५०
५ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट राज्य प्रणालीमाथि गम्भीर प्रहार भएको बताएका छन् । उनले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु भनेको संविधानको अपमान भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पौडेलले जननिर्वाचित संसदबाट अनुमोदनसहित प्रस्तावित विधेयकको प्रमाणीकरण गर्न संवैधानिक अधिकार प्रयोग गर्नुपर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएकाे दावी गरेका छन् ।
वरिष्ठ नेता पौडेलले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर अहिलेको राजनीतिक प्रणालीलाई सिध्याउन खोजेको अरोप लगाएका छन् । पौडेलले संविधानको पालना र संरक्षण गर्नुपर्ने प्रमुख कर्तव्य भएको राष्ट्रपति संस्थाले संविधानले प्रष्ट रूपमा किटानी व्यवस्था गरेको धारा ११३ (५) उल्लंघन गरेको नजिर सदासर्वदा कायम रहनेछ भनेका छन् ।
उनले मुलुकले स्थापना गरेको गणतन्त्रात्मक प्रणालीको सर्वोच्च संस्थाले भावी दिनमा समेत संविधानको सोझो उल्लंघन गरेको आक्षेप बोकीरहनुपर्ने मात्र नभई इतिहासको एक खण्डमा यसकार्यको समीक्षासमेत हुने उल्लेख गरेका छन् । राष्ट्रपतिको यो निर्णयबाट तत्काल नागरिकताका पर्खाइमा बसेका केही लाख युवा निराश भएको भन्दै पौडेलले संवैधानिक नैतिकताका दृष्टिले समेत राष्ट्रपति संस्था अब राजनीतिक, कानुनी र सामाजिक रूपमा विवादमा तानिएको बताएका छन् ।
बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संबैधानिक निकायबाट हुनु व्यवस्था माथिको प्रहार भएको पौडेलको निष्कर्ष छ । उनले सामाजिक संजालमा लेखेका छन्, ‘जन निर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संबैधानिक अधिकार प्रयोग गर्नुपर्नेमा राष्ट्रपतिबाट प्रणालीनै खतरामा पार्ने काम भएको छ । बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो । म यसको भर्तसना गर्दछु ।’
राष्ट्रपति भण्डारीले हिजोसम्म नागरिकता विधेयक प्रमाणीकरण गर्ने १५ दिनको समय गुजारेकी छन् । राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको यो विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पारित गरेका थिए । त्यसपछि पुनः २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएका थिए । जुन हिजो राती १२ बजे भित्रमा प्रमाणीकरण हुनुपर्ने थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड २३ हजार भुक्तानी
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, आजदेखि थुनछेक बहस
पुष २९, २०८१ सोमबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार