पहिलो टी ट्वान्टीमा अष्ट्रेलियाले भारतलाई हरायो
नेपालबहस संवाददाता
असोज ५, २०७९ बुधबार १४:४९:३१
५ असोज, काठमाडौं । तीन खेलको टी ट्वान्टी श्रृखंलाको पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई चार विकेटले हराएको छ । भारतले प्रस्तुत गरेको दुई सय ९ रनको लक्ष्य अस्ट्रेलियाले चार बल अगावै ६ विकेटको क्षतीमा पूरा गर्यो ।
अस्ट्रेलियाका म्याथ्यु वेडले २१ बलमा ६ चौका र दुई छक्का मद्दतमा अविजित ४५ रन जोडे । त्यस्तै ओपनर क्यामरुन ग्रिनले ३० बलमा आठ चौका र चार छक्का प्रहार गरे । स्टिभ स्मिथले २४ बलमा तीन चौका र एक छक्का प्रहार गरे । भारतका अक्सर पटेलले तीन,उमेश यादवले दुई तथा युजवेन्दर चाहलले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङका लागि आएको भारतले हार्दिक पाण्डेयाको अविजित ७१ रन मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट क्षतीमा दुई सय आठ रनको विशाल योगफल खडा गरेको थियो ।
भारतका लागि ओपनर केएल राुहलले ३५ बलमा चार चौका र तीन छक्का मद्दतमा ५५ रन जोड्दा पाण्डेयाले २० बलमा सात चौका र पाँच छक्का प्रहार गरे । त्यस्तै, सुर्यकुमार यादवले २५ बलमा दुई चौका र चार चौका मद्दतमा ४६ रन जोडे ।अस्ट्रेलियाको नाथन इल्सले तीन, जस हाज्लेउडले दुई र क्यामरुन ग्रिनले एक विकेट लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार