राष्ट्रपतिको समर्थनमा एमालेका भातृ संगठनहरु सडक प्रर्दशनमा, घण्टौ जाम हुँदा यात्रुलाई सास्ती
नेपालबहस संवाददाता
असोज ५, २०७९ बुधबार २१:५७:५६
५ असोज, काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा एमालेनिकट भातृ संगठनहरु अनेरास्ववियु र युवासँग नेपाल सडक प्रर्दशनमा उत्रिएका छन् । संविधान विपरित गएर नागरिकता विधेयक प्रमाणीकरण नगेरको भन्दै चौतर्फि विरोध भइरहेका बेला एमालेले भने राष्ट्रपतिविद्यादेवी भण्डारीको समर्थनमा उनिहरुलाई सडकमा उतारेको हो ।
अध्यक्ष ओली सहितका नेताहरु भने राष्ट्रपतिको गैरसंवैधानिक कार्यप्रति मौन बसेका छन् । एकदिन अघिसम्म राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने पर्ने पक्षमा अवालत गर्दै आएका संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि एकाएक विरामी परेका छन् । अन्य नेताहरुलाई पनि पार्टी अध्इक्ष ओलीले राष्ट्रपति भण्डारीको असंवैधानिक कदममा टिप्पणी नगर्न निर्देशन दिएको बताइएको छ ।
बुत्रबार एमालेका भातृ संगठनहरु अनेरास्ववियु र युवा संघका कार्यकर्ता राष्ट्रपतिको पक्षमा उनको तस्वीरसहित सडकममा प्रर्दशन गरेका छन् । उनीहरुको प्रदर्शनले सडका सार्वजनिक सवारी साधनहरु घण्डौसम्म जाममा परेका छन् भने अत्यवस्यक काममा हिडेका यात्रुहरुले सास्ती भोग्नुपरेको छ ।
पार्टी निर्देशनमा सडकमा उत्रिएका अनेरास्ववियु र युवाहरुको संगठन युवा संघ नेपालको प्रदर्शनको नेतृत्व एमाले नेता महेश बस्नेतले गरेका छन् । उनी नेतृत्वको विद्यार्थी तथा युवासमूहले बानेश्वरदेखि माइतीघर सडकखण्डमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा अन्य एमाले नेताहरुको समेत सहभागिता रहेको थियो ।
एमाले नेता बस्नेत युवा संघ नेपाका पूर्वअध्यक्षसमेत हुन् । उनीसहितका एमाले नेताहरुले राष्ट्रपति समर्थनमा र सरकारको विरोधमा चर्को भाषणसमेत गरेका छन् । भातृ संगठन सडकमै उतारेका एमाले शीर्ष नेताहरु भने राष्ट्रपतिको कदमको विषयमा टिप्पणी गर्न मानिरहेका छैनन् । एमालेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले पनि आफूलाई नागरिकता विधेयकका रहेका विषयहरुमा जानकारी नै नरहेको दावी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार