दर्शकको प्रिय अभिनेता धीरजलाई भिलेन बन्ने रहर
नेपालबहस संवाददाता
असोज ५, २०७९ बिहिबार २:७:१८
५ असोज, काठमाडौं । धीरज मगर नेपाली चलचित्रमा स्टारडम भएको अभिनेताका रूपमा परिचित छन । बेलायत बसोबास गर्ने अभिनेता मगरले चार वर्ष अगाडि प्रदर्शन भएको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ मार्फत डेब्यु गरेका थिए । कोरियोग्राफर रेनाशा बान्तवा राईको निर्देशनमै उनले दोस्रो चलचित्र ‘आइ एम ट्वान्टी वान’ मा अभिनय गरेको भएता पनि प्रदर्शनको टुङ्गो लागेको छैन । यद्यपि उनले अभिनय गरेको तेस्रो चलचित्र ‘बाबरी’ दशैंमा प्रदर्शन हुँदैछ । यसैकारण अहिले उनको दिनचर्या फेरिएको छ ।
पहिलो चलचित्रले नै राम्रो व्यापार गरेपछि उनी सर्वाधिक खोजिने अभिनेतामा परे । उनको उपस्थितिले दर्शक हलसम्म आउछन भन्ने विश्वास छ । तर उनी आफूलाई अभिनय क्षमताले अगाडि बढाउने सोचमा छन । “स्टारडम त केही समयको हुन्छ । म अभिनेता बन्न चाहन्छु । मेरो अभिनयका कारण दर्शक हलसम्म आउनुहोस् भन्ने म चाहन्छु”, उनले भने । उनी सुन्दरता आवरण भन्दा पनि अभिनयमा देखाउने तयारीमा छन । तेस्रो चलचित्रमा काम गरिसकेपछि उनमा देखिएको परिवर्तन हो यो ।
बेलायतबाट नेपाल आउँदा देखेको सपना विस्तारै साकार हुँदै गर्दा उनलाई आगामी दिनको यात्रा गर्न सहज पनि बनाएको छ । “मैले पाएको मायाले दायित्वबोध गराएको छ । किनकी म यहाँ कलाकार बन्न आएको थिएँ । मैले पाएको दर्शकको साथलाई शब्दमा व्यक्त गर्न सक्दिन”, अभिनेता मगरले भने ।
उनी मात्र नभई ‘पपुलर’ अभिनेतामा पर्ने अनमोल केसी, प्रदीप खड्का पनि स्टारडमको छायाँबाट बाहिर निस्किने चलचित्रमा काम गरिरहेका छन । प्रदीप अभिनित ‘प्रकाश’ प्रदर्शन भइसक्यो भने अनमोलले ‘छड्के २’ मा अभिनय गरिरहेका छन् ।
प्रदीपलाई ‘प्रकाश’ को भूमिकामा देखिँदा सहजै चिन्न नसकिएको प्रतिक्रिया दर्शकमार्फत प्राप्त भएको थियो । अनमोलले पनि आफूलाई फरक देखाउन ‘धुपौरे’ नामक चलचित्रमा अभिनय गर्ने तयारी गरेका थिए । त्यो नबन्ने भएपछि त्यस्तै चलचित्रको खोजीमा रहेको अनमोलले ‘छड्के’ को सिक्वेल रोजेका हुन् । उनी यसको छायाङ्कनमै छन। पपुलर अभिनेतामै पर्ने सलिनमान बानियाँले पनि दोस्रो चलचित्र ‘यात्रा ः द म्युजिकल भ्लग’ मा स्टारडमबाट बाहिर निस्किने प्रयास गरेका थिए ।
पछिल्लो समय देखिएको यसकिसिमको परिवर्तनलाई धीरज सकारात्मकरूपमा लिन्छन । “हामीभित्र बढेको चलचित्रको चेतनाले यस किसिमको परिवर्तन देखिएको हो । आफ्नो अनुहार मात्र नभई अभिनय देखाउनु पर्छ भन्ने चेतना बढ्नु सुखद हो । हामी प्रयास गरिरहेका छौँ”, अभिनेता मगरले भने । त्यसो त धीरज आफू देखिएकै कारण चलचित्र चल्नेमा सहमत हुनहुन्न । “स्टारडम त सकिन पनि सक्छ । तर म कलाकार भएपछि त्यो कलाकारिता रहिरहन्छ । मलाई व्यक्तिगतरूपमा स्टारडमप्रति विश्वास पनि लाग्दैन । किनकि, यो मेरो दोस्रो चलचित्र हो । मैले अझै धेरै कुरा सिक्न बाँकी छ । म कलाकारका रूपमा चाहिँ बढी जिम्मेवारी महसुस गर्छु”, उनले भने ।
डेब्यु चलचित्रमा सफ्ट लभरब्वाईको चरित्र निर्वाह गरेका उनले ‘बाबरी’ मा आफूलाई पूर्णरूपमा परिवर्तन गरेका छन् । प्रचारप्रसार सामग्री सार्वजनिक हुँदा दर्शक मात्र नभई चलचित्रकर्मीलाई समेत उनको स्वर होइन कि भन्ने लागेको थियो । ‘सानो राजा साहेब’ का रूपमा उनी फरक देखिएका छन् । यो चरित्रमा पूर्वयुवराज पारस शाहबाट पनि प्रभावित छ । बाहिरी हाउभाउ जस्तै बोल्ने, हिँड्ने शैली मिल्न सक्छ ।
“सम्पन्न ठकुरी परिवारको छोराको भूमिकामा देखिन लाग्दा मैले उहाँहरुको बारेमा बुझेँ । मैले साथीहरुलाई सोधेर उनीहरुको शैली र स्वभावलाई पनि नियालेँ । साथै छायाङ्कन हुनु केही दिन अगाडि म पूर्व पुगेर त्यहाँको जीवनशैलीलाई नियालेँ । स्थानीय युवालाई हेरेर नै चरित्रलाई पूर्णरूपमा तयार गरेको हुँ”, अभिनेता मगरले भने । यो परिवर्तन निर्देशक सुरेन्द्र पौडेलकै कारण सम्भव भएको उनी बताउछन ।
निर्देशक पौडेलले फरक गेटअपसँगै भूमिका प्रस्ताव गरेका थिए । पहिलोपटक सुन्दा स्वाभाविक नसुनिएता पनि अहिले दर्शकले यसलाई स्वीकार गरेका छन् । धीरजले बोलेको संवाद सामाजिक सञ्जालमा पपुलर भएको पाइन्छ । उनी भन्छन, “सफ्ट भ्वाइसलाई यसमा फरक बनाएँ । किनकी विज्ञानमा सबैलाई थर्काउने, अलि होच्याउने स्वभाव छ । निर्देशकले गर्नुभएको विश्वासमा मैले मेहनत गरेको हुँ ।” दर्शकले रुचाइरहनु भएको भूमिकाभन्दा फरक देखिँदा पाइरहेको प्रतिक्रियाले धीरज खुसी हुनुहुन्छ । चार वर्षपछि पर्दामा आउँदै गर्दा पाइरहेको प्रतिक्रिया सकारात्मक छ ।
लभरब्वाईकै चरित्रमा प्रस्ताव आइरहेता पनि उनी सुन्दरताभन्दा पनि अभिनयको चर्चा होस् भन्ने चाहनुहुन्छ । “म फरक गर्ने प्रयासमा छु । किनकी एउटा अभिनेतामा लुक्ससँगै राम्रो अभिनय चाहिन्छ । म दुवैलाई हुने अभिनेता बन्न चाहन्छु”, उनले भने । उनी आफूलाई कलात्मक अभिनेताका रूपमा कमर्सियल भ्यालुसँग पनि बलियो बनाउन चाहन्छन् ।
हिरोको रूपमा दर्शकको प्रिय बनिसकेका धीरजमा भिलेन बन्ने रहर छ । सकारात्मक भूमिकाभन्दा अभिनय क्षमतालाई देखाउन नकारात्मक भूमिका प्रभावकारी हुने उनी बताउछन् । “मलाई सस्पेन्स र थ्रीलर चलचित्र मन पर्छ । त्यसैले पनि भिलेन बन्दा अझै कलाकारिता प्रस्तुत गर्न सक्छु जस्तो लाग्छ । मलाई सुहाउँदो अफर आयो भने म भिलेन बनेर प्रस्तुत हुन तयार छु”, उनले भने ।
‘बाबरी’ मा धीरजसँगै अदिति बुढाथोकी, धीरज नाडकर मुख्य भूमिकामा छन् । उनीहरुको त्रिकोणात्मक प्रेम कथा चलचित्रमा देखाइएको छ । यसको छायाङ्कन नेपालसँगै सिक्किममा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
आजको मौसमः उच्च पहाडी तथा हिमाली भू भागमा हिमपात हुने
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मंसिर १८, २०८१ मंगलबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार