युवाशक्तिलाई सडकमा भिडाउने दलहरुको तयारी, चुनावी मुद्दा बन्यो राष्ट्रपतिको कदम
नेपालबहस संवाददाता
असोज ६, २०७९ बिहिबार १७:११:२६
६ असोज, काठमाडौं । राष्ट्रपतिको कदमलाई लिएर सत्तापक्ष र विपक्षमा रहेका दलहरुले आफुनिकट रहेका भातृ संगठनमा आवद्ध युवाशक्तिहरुलाई सडकमा भिडाउने तयारी गरेका छन् । राष्ट्रपतिले चालेको कदमका पक्षमा विपक्षी दलहरुले आ-आफ्ना भातृ संगठनका युवाहरुलाई सडक प्रदर्शनमा पठाएका छन् भने सत्तारुढ दलहरुले पनि आजदेखि आ-आफ्ना भातृसंगठनमा आवद्ध युवाहरुलाई राष्ट्रपति कदमको बिरुद्धमा सडक प्रदर्शनमा उतार्दैछन् ।
दलहरुको यो निर्णयले सडकमै भिडन्तको स्थिति उत्पन्न हुने देखिएको छ । राष्ट्रपतिको समर्थनमा बुधबार नेकपा एमालेले आफुनिकटको विद्याार्थी संगठन अनेरास्ववियु र युवा संघ नेपालमा आबद्ध युवाहरुलाई सडक प्रदर्शनमा पठाएको थियो । उनीहरुको प्रदर्शनका कारण काठमाडौंमा लामो समय सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका थिए । आज (बिहीबार) सत्ता गठबन्धनमा रहेका दलहरुसँग आबद्ध भातृ संगठनहरु राष्ट्रपतिको कदमबिरुद्ध सडक प्रदर्शन गर्दैछन् ।
सत्ता गठबन्धनका युवा संघसंगठनहरुले राष्ट्रपति भण्डारीको पछिल्लो कदमविरुद्ध सडकमा उत्रिएर प्रदर्शन गर्दा विपक्षी दलका भातृ संगठनहरु पनि सडक प्रदर्शनमा आउने तयारीमा छन् । राष्ट्रपतिले तोकिएको समयसीमा १५ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेर निस्क्रिय पारिदिएपछि गठबन्धनको बैठकले ‘राष्ट्रपतिले संविधानको उल्लंघन गरेको’ निस्कर्ष निकाल्दै विरोधमा भातृ संगठनहरु उतार्ने निर्णय नै गरिसकेको छ ।
सत्ता गठबन्धनको निर्णय लगत्तै संयुक्त युवा संगठनहरुको बुधबारको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको ठहर गर्दै बिहीबार दिउँसो २ बजे सडक प्रदर्शनसहित माइतीघर मण्डलामा पुगेर विरोध सभा गर्ने भएको छ । यसले गर्दा संविधान भत्काउने र लोकतन्त्र समाप्त पार्ने षड्यन्त्रको विरोधमा सत्ता पक्ष र उक्त कदमको समर्थनमा विपक्षका युवा संगठनहरु एक आपसमा भिड्ने सम्भावना बढाएको छ ।
संसद्का दुवै सदनबाट दोहोर्याएर पारित भएको नागरिकता विधेयकलाई समयसीमाभित्र प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक व्यवस्था राष्ट्रपतिले उल्लंघन गरेपछि त्यसको प्रतिवाद गर्ने विषयमा बुधबार दिनभर बालुवाटारमा भएका छलफल र परामर्शपछि सत्ता गठबन्धनका नेताहरूले राष्ट्रपतिको यो कदमलाई चुनावी मुद्दा बनाउने निर्णयसमेत गरेका छन् ।
यता, मधेसका दुई दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आन्दोलन सुरु गरिसकेका छन् ।मधेसका केही जिल्लामा यी दुई पार्टीका कार्यकर्ताले प्रदर्शन सुरु गरेका छन् । मधेशमा एमाले यी दुई दलसँग मिलेर आन्दोलन गर्ने तयारीमा छ भने सत्ता गठबन्धनले देशभर नै युवा संगठनहरु आजबाट परिचालन गर्दैछ । गठबन्धन दलहरू आफैं सडकमा नगएर भ्रातृ संस्थालाई विरोधका कार्यक्रम गर्न गरिरहेका छन् ।
सत्ता गठबन्धनमा रहेका दलहरू नै सडकमा जाँदा राजनीति मुठभेडतिर जान सक्ने खतरा पनि बन्न सक्ने देखिएको छ । राष्ट्रपतिलाई प्रतिवादी बनाएर सरकारले नै रिट हाल्ने बाटो प्राकृतिक नहुने भएकाले गठबन्धनका नेताहरूले यस घटनालाई चुनावी मुद्दा बनाएर जनतामाझ जाने निर्णय गरेका छ । राष्ट्रपतिको कदमले भविष्यमा गलत नजिर बस्न नदिनका लागि अदालत जाने विषयमा भने कानुन व्यवसायीमार्फत नै अघि बढ्ने सत्ता पक्षको तयारी छ ।
गठबन्ध बैठकमा सहभागी एक नेताले नेपालबहससँग कुरा गर्दै कानुनी उपचारका लागि वकिलहरूले मुद्दा हाल्ने भएकाले गठबन्धनका नेताहरूबीच यसलाई चुनावको साझा मुद्दा बनाएर आम जनताबीच जाने समझदारी बनेको बताए । उनले राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष केपी ओलीको संयुक्त प्रयासमा संविधान भत्काउन र लोकतन्त्रलाई समाप्त पार्न खोजिएको गठबन्धनको साझा धारणा रहेकाले यसबिरुद्ध आन्दोलनमा जान दलका भातृ संगठनहरुलाई आग्रह गरिएको बताए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रपतिले ‘जबर्जस्ती संविधान मिचेर प्रमाणीकरण नगरेको’ आरोप लगाउँदै यो कदम संविधान, लोकतन्त्र, गणतन्त्र र समानुपातिक समावेशी मान्यताविरुद्ध हुँदा देशका सबै उत्पीडित समुदायको अधिकारविरुद्ध भएकाले विद्यार्थी र युवा सडकमा आन्दोलित बताएका थिए । यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि राष्ट्रपतिको कदमबिरुद्ध युवाहरु सडकमा आउनुपर्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार