ओलीद्वारा राष्ट्रपति र प्रधानन्यायाधीशको बचाउ, गठबन्धनले राष्ट्रपतिमाथि पाखुरा बजारेको टिप्पणी
नेपालबहस संवाददाता
असोज ६, २०७९ बिहिबार २०:१६:५
६ असोज, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाएका छन् । उनले राष्ट्रपति र प्रधानन्यायाधीशको पनि बचाउ गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयकमा विषयमा राष्ट्रपतिले पुनर्विचार गर्ने कि भनेर दिएको सन्देशमा पाखुरा बजारेर गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाए ।
ओलीले भने, ‘उहाँहरू (गठबन्धनका नेता) जनतालाई अल्मल्याउन चाहनुहुन्छ । उहाँहरूको मस्तिष्क सिद्धियो कि जस्तो लाग्छ, आजकल मसलबाट सोच्नुहुन्छ । राष्ट्रपतिज्यूले पुनर्विचार गर्ने कि भन्नुभयो । नगर्ने (दुवै पाखुरामा हात बजार्दै इसारा गर्दै) उहाँहरूको त्यस्तो जवाफ छ । संसदमा आएर होइन अनधिकृत स्थानमा बसेर संविधानले नचिनेका मान्छेहरु बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो ।’
गठबन्धनले राष्ट्रपतिको अपमान गर्नु आफ्नो महानता ठानेको भन्दै ओलीले भने, ‘गठबन्धनले आफ्नो महानता के ठानेको छ भने अपमान गर्नु । राष्ट्रपतिको अपमान आफ्नो महानता ठानेको छ ।’ एक वर्षअघि नै संसदमा आफूले संविधानको धारा १८१ तर्फ सरकारको ध्यान जानुपर्ने बताएको भन्दै उनले त्यतिखेर नै सरकारले संविधानको पालना गर्नुपर्ने सुझाव दिएको बताए ।
सरकारले विधेयक पेस गर्नु अगाडि राष्ट्रपतिसँग परामर्श गरी स्वीकृत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै ओलीले गठबन्धनले संविधानको धारा १८१ एकपटक पनि पालना नगरेको आरोप लगाए । उनले बदनियतका साथ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको आरोप लगाए ।
ओलीले ६ महिनासम्म प्रस्तावलाई अगाडि नबढाएर दराजमा थन्क्याएर राखेको टिप्पणी गरे । ‘प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको विषय ६ महिनासम्म चुपचाप राखिन्छ ?,’ ओलीले प्रश्न गर्दै भने, ‘१ फागुनमा दर्ता भएको महाअभियोग प्रस्ताव १ भदौसम्म बाहिर निकालिएन ?’ ओलीले सरकारको काम स्वेच्छाचारिताको पराकास्टा भएको बताए ।
सरकारले प्रधानन्यायाधीशलाई नजरबन्दीमा राखेको र उनकी छोरीलाई दिनभर थुनेको उनको आरोप छ । पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल लगायतलाई पार्टी प्रवेश गराउँदै ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ गरे । सभामुखले ६ महिनासम्म बननियतपूर्वक महाअभियोग रोकेर राखेको भन्दै ओलीले संसदको कार्यकाल सकिएसँगै त्यो सकिएको उनले बताए । ओलीले भने, ‘घरमा थुनेर राख्नु, नजरबन्दमा राख्नु राज्य आतंकको पराष्काष्टा हो ।’
जबराकी ‘छोरी’ काम विशेषले घरबाट बाहिर निस्कन खोज्दा दिनभरि थुनेर छाडेको ओलीको दाबी छ । ‘गृहमन्त्रीको पदमा २÷४ महिना पुग्यो भन्दैमा मनपरी गर्ने ?’ उनले भने, ‘प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, कुन कानुनले प्रधानन्यायाधीशलाई विना पक्राउ पूर्जी नजरबन्दमा राख्नुहुन्छ ।’
पञ्चायतकालमा पनि यस्तो नहुने भन्दै उनले भने, ‘सरकारको यो उद्दण्डता, स्वेच्छाचारिता कुनै पनि नागरिकतामाथि पर्न सक्छ ।’ उनले आफू सरकारमा हुँदा इनफ इज इनफको नारा लगाउनेहरु अहिले कता गए भनेर प्रश्न समेत गरे । ‘मोर देन इनफ भनेको यो हो,’ एमाले अध्यक्ष ओलीले भने, ‘इनफ इज इनफ भनेर किन कोही बोल्दैनन् ? सबै प्रयोजित कुरामा देश चलाउन खोजिएको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी डलर स्थिर, अन्य कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
पुष २९, २०८१ सोमबार