बाणिज्य बैंकहरुको ब्याजदरमा हस्तक्षेप गर्ने अर्थमन्त्रीको चेतावनी, गाडी आयात रोक्ने तयारी
नेपालबहस संवाददाता
असोज ६, २०७९ बिहिबार २१:३४:१८
६ असोज, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बाणिज्य बैंकहरुलाई व्याजदर नियन्त्रण नगरे त्यसमा सरकारले हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर वृद्धि गरेसँगै कर्जाको ब्याजदर पनि अकासिएको भन्दै अर्थमन्त्री शर्माले हस्तक्षेप गर्ने बताएका छन् ।
बिहिबार ‘नाडा ईभी एक्स्पो २०२२’ को उदघाटनका क्रममा उनले अहिले बैंक तथा वित्तीय संस्थामा लगानी गर्न पैसाको अभाव देखिएको तर ब्याजदर अकासिएको बताउँदै यो अवस्थाले लगानी निरुत्साहित हुने भएकाले अर्थतन्त्रमा समस्या आउने बताए । बैंकहरूमा पैसा राख्दा १५ प्रतिशतसम्म ब्याज पाइने भएपछि नेपालमा उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसकेको उनको दावी छ ।
मन्त्री शर्माले उद्योगमा लगानी गर्दा ८÷१० प्रतिशत ब्याज आउने तर बैंकमा राख्दा १५ प्रतिशत र जग्गामा लगाउँदा दुई गुणा बढी ब्याज प्राप्त हुने भएपछि उत्पादनमूलक क्षेत्रमा लगानी निरुत्साहित भइरहेको बताए । बैंक तथा वित्तीय संस्थाले यही असोज एक गतेदेखि निक्षेपको ब्याज बढाएका छन् । जसअनुसार एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको १२.१३ प्रतिशत पुर्याइएको छ ।
केही बैंकले रेमिट्यान्समार्फतको निक्षेपमा १५.१३ प्रतिशत ब्याज दिने घोषणा पनि गरेका छन् । बैंकले बढाएको यही ब्याजदरलाई इंकित गर्दै अर्थमन्त्री शर्माले त्यसमा सरकारले हस्तक्षेप गर्ने बताएक हुन् । उनले जुन देशमा बैंकमा पैसा राखेर १३ प्रतिशत, १४ प्रतिशत, १५ प्रतिशतसम्म आम्दानी लिइन्छ त्यो देशमा उत्पादन सम्भव नहुने भन्दै यो समस्यालाई हल पनि सरकारले हस्तक्षेपको तयारी गरेको जानकारी दिए ।
ब्याजदरका विषयमा आफूले सम्बन्धित निकायका प्रतिनिधिहरूसँग छलफल गरिरहेको मन्त्री शर्माको भनाइ छ । उनले व्यवसायी, बैंक र अर्थ मन्त्रालयका प्रतिनिधिहरूलाई राखेर आउने हप्ता गम्भिर छलफल गरेर निष्कर्ष निकाल्ने बताए । उनले नेपाल राष्ट्र बैंकको नामै नलिइ व्याजमा हस्तक्षेप गर्ने बताएको हुन् । उत्पादनमूलक क्षेत्रलाई आधार दरमा २ प्रतिशत मात्र प्रिमियम जोडेर कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयनमा ल्याउने उनले बताए ।
यता, बैंकहरुमा तरलता संकट गहिरिंदै गएपछि राष्ट्र बैंकले ट्रेजरी बिल सोझै खरिद गरेर बजारमा तरलता पठाउन बोलकबोल गरेको छ । राष्ट्र बैंकले ६ असोज आज (बिहीबार) ४० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सोझै खरिदको लागि बोलकबोल गरेको हो । आज ३ बजेसम्म भएका बोलकबोल भोली शुक्रबार उक्त ट्रेजरी बिल खरिद हुने राष्ट्र बैंकले जनाएको छ । यसबारे पनि अर्थमन्त्री मौन रहेका थिए ।
मन्त्री शर्माले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात राकिने बताए । उनले राजस्व सचिवको नेतृत्वमा एक समिति गठन भई अध्ययन सुरु भएको र सो समितिले नेपालमा कति वर्षपछि पेट्रोलियम पदार्थ प्रयोग हुने गाडी रोक्ने भन्नेबारे सरकारलाई सुझाव दिने बताए । शर्माले नेपालमा पेट्रोलियम प्रयोग हुने गाडी कहिले, कति वर्षमा रोकिन्छ भन्नेबारे अध्ययन गरेर खाका बनाउने र त्यसपछि सरोकारवालाको सुझाव लिएर कार्यान्वयनमा जाने जानकारी दिए ।
अब नेपाल पनि विद्युतीय सवारीमा रुपान्तरण हुनु पर्ने भन्दै नाडा समेत यसमा तयार हुनु पर्ने अर्थमन्त्री शर्माको सुझाव छ । ‘अबको एक दशकपछि नेपाल हाइड्रोबाट चल्ने सावारीमा जानु पर्ला, नाडाले त्यता तिर पनि सोच्नुहोस,’ उनले भने । अर्थमन्त्री शर्माले अहिलेको नाडा अटो शो प्रदर्शनी मात्र नभई, अहिलेको आवश्यकता के हो, हामी कता तिर जाँदैछौं, हाम्रो अबको कार्यदिशा के हो भन्ने कुरालाई समेत बहसमा ल्याउन महत्वपूर्ण योगदान हुने बताए । यस पटक नाडा अटो शो विद्युतीय सवारीमा केन्द्रित गरिएको छ ।
नेपालको सन्दर्भमा करीव ३ खर्बको पेट्रोलियम इन्धन आयात हुने गरेको सन्दर्भ निकाल्दै अर्थमन्त्रीले १६८ अर्बको डिजेल आयात भएको तथ्यांक सुनाए । यसले नेपालको डलर विदेशिएको भन्दै वातावरणीय प्रदुषण समेत बढाएको उल्लेख गरे । अहिले विश्वभर ग्रिन अर्थतन्त्रको बहस चलिरहेको भन्दै अर्थमन्त्रीले तापक्रम बढ्न नदिने र प्रदुषणबाट उत्पन्न हुने समस्याबाट कसरी बच्ने भन्ने बहस सुरु भएको उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी डलर स्थिर, अन्य कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
पुष २९, २०८१ सोमबार