देशभर २० हजार हाराहारीमा पुग्यो डेँगु संक्रमितको संख्या, २५ जनाले गुमाए ज्यान
नेपालबहस संवाददाता
असोज ६, २०७९ बिहिबार २२:५१:१
६ असोज, काठमाडौं । तीन महनादेखि सुरुभएको डेँगुबाट २० हजार हराहारीका मानिस संक्रमित भएका छन् । तीव्र रुपमा फैलिइरहेको डेंँगु मृत्यु हुनेको संख्या २५ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ५ गतेसम्म संक्रमितको संख्या १९ हजार ७६६ र मृतकको संख्या २५ पुगेको हो । यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै काठमाडौंमा पाँच हजार ४२२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा पाँच हजार २०६ र भक्तपुरमा ७८६ गरी उपत्यकामा डेंँगु संक्रमितको संख्या एघार हजार ४१४ पुगेको छ । उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ९७७ जनामा संक्रमण देखिएको छ ।
संक्रमितको संख्या दुई सयभन्दा माथि रहेका जिल्लामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी र कैलाली छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या दुई सयभन्दा कम रहेको महाशाखाको तथ्यांक छ । नेपालमा डेँंगु संक्रमण नियन्त्रणबाहिर गइसकेकाले अबको विकल्प लामखुट्टे निर्मूल अभियान नै भएको चिकित्सकहरु बताउँछन् । सरकारका सबै तह र जनस्तरबाट घर, कार्यालय, शैक्षिक क्षेत्र तथा बजार क्षेत्रमा लामखुट्टे निर्मूल गर्न अभियान नै चलाउनुपर्ने उनीहरुको सुझाव छ ।
गतवर्ष असोज अन्तिमसम्म ५४० जनामा देखिएको डेंगी संक्रमण यस वर्ष कात्तिक अन्तिमसम्म नै देखिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आकलन छ । काठमाडौं उपत्यकामा नै कुल स्रक्रमितको आधा बिरामी छन् । तिनको उपचारका लागि अस्पतालमा ठाउँको चर्को अभाव छ । एउटै शैयामा ३ जनासम्म राखेर उपचार भइरहेको छ ।
एक प्रकारको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने र संक्रमित व्यक्तिबाट लामखुट्टेले अर्को व्यक्तिमा सार्ने हुनाले डेंँगुको संक्रमण महामारीकै शैलीमा फैलन्छ । यसको नियन्त्रणको उत्तम उपाय लामखुट्टे फैलन नदिनु नै हो । तर, टोल बस्तीहरूमा लामखुट्टे नियन्त्रणका लागि कुनै अभियान वा कार्यक्रम भने चलाइएको छैन । महामारीका अवस्थामा सुरुमा सरकार केही अलमलिनु स्वाभाविक भए पनि डेंँगुका हकमा सरकार गैरजिम्मेवार देखिएको छ । नेपालमा डेंँगु देखिन थालेको दुई दशक पुग्न लाग्दासमेत यसको नियन्त्रणका उपाय खोजिएको छैन् ।
जनस्वास्थ्य विज्ञहरूले जानकारी, स्रोत र क्षमता हुँदाहुँदै पनि लापरबाही गरेकाले डेंँगु नियन्त्रण नगरिएकोमा सरकारप्रति आक्रोश प्रकट गरेका छन् । उनीहरूको आरोप सही हो र त्यसका लागि तीनै तहको सरकारका पदाधिकारी दोषी छन् । यसैले डेँंगुबाट मर्नेहरू सरकारकै हेलचेक्य्राइँबाट मरेका हुन् भन्नु अन्यथा नहुने उनीहरुको तर्क छ । डेँंगु फैलन नदिने जिम्मेवारी परिवार, समुदाय र सरकार सबैको हो । परिवारतहदेखि नै डेँंगुको जोखिम र त्यसबाट जोगिन अपनाउन सकिने उपायबारे सजग हुनु जरूरी छ । कम्तीमा घरभित्र र वरपर पानी जम्ने खाल्टाखुल्टी पुरेर लामखुट्टे फैलन नदिन सकिन्छ ।
यसैगरी समुदायस्तरमै पनि लामखुट्टे फैलन सक्ने ठाउँ खोजेर त्यसलाई पुर्ने वा कीटनाशक विषादी छर्केर सङ्क्रमण नियन्त्रणमा सहयोग गर्न सकिन्छ । तर, यी सबैका लागि पनि सरकारले जनतालाई उत्प्रेरित भने गर्नुपर्छ । व्यक्तिगत घरहरूमा परिवारलाई सजग गराउने र विद्यालय, पार्कहरूजस्ता सार्वजनिक ठाउँमा निगरानी र नियन्त्रण गर्ने हो भने महामारी नबन्दै नियन्त्रण हुनसक्छ । घना बस्तीहरूमा केन्द्रित लामखुट्टे नियन्त्रण अभियानको नेतृत्व स्थानीय तहले लिनुपर्ने आवाज पनि उठिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
सेनाले भन्यो– कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्
माघ १३, २०८१ आइतबार
त्रिकोणात्मक टी–२० शृङ्खलाः इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा
माघ १३, २०८१ आइतबार
सरकार फेरिन सक्छ, तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : उपमहासचिव पुन
माघ १३, २०८१ आइतबार
सुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार