इरानमा जारी आन्दोलनका कारण मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो
नेपालबहस संवाददाता
असोज ६, २०७९ शुक्रबार ५:२:१३
६ असोज, काठमाडौं। कुर्दिश युवती महसा अमिनीको हिरासतमा भएको मृत्युलाई लिएर जनआक्रोश बढेपछि इरानमा जारी अशान्तिका कारण मृत्यु हुनेको सङ्ख्या बिहीबार १७ पुगेको छ ।
२२ वर्षीया अमिनीको गत हप्ता इरानी प्रहरीले ’अनुचित’ तरिकाले हिजाब लगाएको आरोपमा पक्राउ गरेको थियो । उनको हिरासतमा मृत्यु भएको थियो । लगभग तीन वर्षमा देशव्यापी तनाब सिर्जना गरेको विरोधप्रदर्शनलाई पछिल्ला केही दशक यता भएका सबैभन्दा ठूला आन्दोलनमध्ये एक आन्दोलनका रूपमा हेरिएको छ ।
‘तानाशाहको मृत्यु’ र ‘महिला, जीवन, स्वतन्त्रता’, प्रदर्शनकारीहरूले अनलाइनमा शेयर गरिएको भिडियोमा चिच्याएको सुन्न सकिन्छ । झडपमा मारिएकामध्ये प्रहरी र मिलिसियाका अधिकारीहरू पनि रहेको सरकारी टेलिभिजनले जनाएको छ भने विदेशमा रहेका मानव अधिकारवादी समूहहरूले अझै धेरै व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् ।
एम्नेस्टी इन्टरनेसनल र अन्य मानवअधिकार वादी समूहका अनुसार सुरक्षाकर्मीले भीडमाथि गोली चलाउनुका साथै अश्रुग्यास र पानीको फोहोराको प्रयोग गरेको छ । इरानी अधिकारीहरूले इन्टरनेट पहुँचमा प्रतिबन्ध लगाएको र ह्वाट्सएप र इन्स्टाग्रामजस्ता सन्देश आदानप्रदानका लागि प्रयोग हुने एप्सलाई ब्लक गरेपछि आन्दोलनकारी थप आक्रोशित बनेका छन् ।
न्युयोर्कदेखि इस्तानबुलसम्म भएको ऐक्यबद्धता प्रदर्शनमा प्रतिध्वनित कडा ड्रेस कोडको विरोधमा केही महिलाहरूले आफ्नो स्कार्फ जलाएका छन् र प्रतीकात्मक रूपमा कपाल काटेका छन्। तेहरानबाट पक्राउ परेकी मृतक अमिनीको टाउकोमा गम्भीर चोट लागेको भेटिएको अधिकारकर्मीहरूले दावी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार