कर्मचारीलाई कालोमोसो दल्न खोज्ने विप्लपका कार्यकर्ता पक्राउ
नेपालबहस संवाददाता
असोज ७, २०७९ शुक्रबार १४:५८:५७
♦ दीपक शर्मा
७ असोज, बर्दिया । बर्दियाको मधुवन नगरपालिका शिक्षा शाखा प्रमुखलाई कालोमोसो दल्ने योजना सहित कार्यालय पुगेका नेकपा माओवादी विप्लवका कार्यकर्ता पक्राउ परेका छन । शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालले केहि दिन देखि नै शिक्षक मिलान तथा सरुवा गरिएको काम तत्काल फिर्ता लिन आफुलाई सो समुहले दवाव दिदै आएको बताए ।
उनले भने कार्यकक्षमा आएर केहि विषयमा छलफल गर्नु छ भन्दै आएका संग आफुले पनि छलफल गरिरहेका बेला एक्कासी पलाष्टिक बाट कालो मोसो निकाल्ने क्रममा आफु कार्यकक्ष बाहिर आएको हो हल्ला गरेपछि उनिहरु भागेको बताए । कालो मोसो दल्न आएको समुहले खनाललाई भने कालो मोसो दल्न पाएनन । कुनै पनि समस्याको समाधान बार्ता हुदा हुदै यस खालको हर्कत जायज नहुने कर्मचारीहरुको भनाई रहेको छ ।
विहिवार दिउसो करिब ११ बजेतिर नगरपालिका भित्र छिरेका विप्लवका ३ जना कार्यकर्ताहरुले सुरुमा शिक्षा शाखा प्रमुख नारायणप्रसाद खनाल संग उनकै कार्यकक्षमा शिक्षक दरवन्दि मिलान, शिक्षक नियुक्ती लगायतका विषयमा छलफल गरका थिए छलफलकै क्रममा तिन जना मध्ये एक जनाले गोजी बाट पलाष्टिको झोला निकाल्दै कालो मोसो दल्ने क्रममा धकेला धकेल हुदा खनालको पोसाक सर्टमा कालोमासो खसेको थियो कार्यलयको अक्रो ढोका बाट बाहिर आएका खनालले हो हल्ला गरेपछि कालो मोसो दल्ने समुह भागेका थिए भाग्दै गरेका एक जनालाई नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाइएको छ ।
पक्राउ पर्नेमा हुम्ला सोरु गाँउपालिका ७ का २२ वर्षिय अर्जुन विष्ट रहेको बर्दिया प्रहरीले जनाएको छ । अन्यको पनि पहिचान खुलिसकेको हुदा पक्राउ गरीने बताएको छ । अखिल क्रान्तिकारी बर्दियाका अध्यक्ष हरि प्याकुरेलले शिक्षक नियुक्ती, सरुवा, बढुवा, जिल्ला मिलानमा भ्रष्टाचार गरेको आरोप लगाउदै आफनो समुहले कालो मोसो दलेको दावी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
स्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार