पाकिस्तानमा बाढी पहिरोका कारण थप बीसको मृत्यु
नेपालबहस संवाददाता
असोज ७, २०७९ शुक्रबार १८:४७:६
७ असोज, एजेन्सी । पाकिस्तानमा बाढी पहिरोका कारण थप २० जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा प्राप्त विवरणअनुसार मृत्यु भएका मध्ये १५ जना बालबालिका रहेका छन् भने दुई जना महिला रहेका छन् ।
पाकिस्तान प्रकोप व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा मृत्यु भएका मध्ये १७ जना सिन्ध प्रान्तका मात्रै रहेको जनाएको छ । पाकिस्तानमा आएको बाढी पहिरोबाट सबैभन्दा धेरै सिन्ध प्रान्त प्रभावित भएको छ भने अन्य प्रान्तमा पनि असर परेको छ ।
बढीपछिका घटनामा परी पाकिस्तानमा अरु कैयौ घाइते भएका छन् भने लाखौँ विस्थापित भएका छन् । पछिल्लो एक दिनमा मात्रै एक हजार सात सय ३३ घरमा क्षति पुगेको छ भने २३ हजार
तीन सय १२ जनावर मरेका छन् ।
मध्य जुन महिनादेखि सुरु भएको मनसुनसँगै आएको बर्षाका कारण भएका घटनामा परी अहिलेसम्म एक हजार पाँच सय ९६ जनाको मृत्यु भएको छ ।घटनामा परी अहिलेसम्म १२ हजार ८६३ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार जनदेखि अहिलेसम्म २० लाख १६ हजार आठ घर क्षतिग्रस्त भएर उपभोग गर्न नमिल्ने अवस्थामा पुगेका छन् । घरबार विहीन भएका उनीहरु विस्थापित भएर देशका विभिन्न ठाउँमा अस्थायी शिविरमा बसेका छन् ।
उनीहरुलाई आधारभूत सेवा सुविधाको पनि अभाव भएको भन्दै पाकिस्तान सरकारले सहयोगका लागि सबैलाई अनुरोध पनि गरेको छ । कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायहरुले पाकिस्तानलाई यसअघि नै सहयोग गरिसकेका छन् । कतिपय देश तथा निकायहरुले भने दिने चरणमा रहेको जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार