देउवा धम्क्याएर ८३ सीटमा कज्याउँने प्रचण्ड-नेपालको रणनीति, सहमति भए कांग्रेसमा विद्रोह निश्चित
नेपालबहस संवाददाता
असोज ७, २०७९ शुक्रबार २०:१७:२८
७ असोज काठमाडौं । आगामी मंसिर ४ मा हुने भनिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सीट बाँडफाँडमा सहस्या भइरहेका बेला सत्ता गठबन्धनमा रहेका तीन दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई धम्याएर वा फकाएर नेपाली कांग्रेसलाई ८३ सीटमा कज्याउँने रणनीति बनाएका छन् । उनीहरुले शुक्रबार बिहान छुट्टै छलफल गरी यस्तो रणनीति बनाएको बुझिएको छ ।
भोलीबाट चरणचरणमा गरी दलहरुलाई समानुपातिकतर्फको बन्दसूची मिलाउन बोलाएकाले आज शुक्रबार नै गठबन्धनका शीर्ष नेताहरु बसेर मिल्न बाँकी रहेका सीटको भागबण्डा मिलाउने तयारी गरेका थिए । तर, त्यस अगाडि नै कांग्रेसलाई गलाउने भन्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’,नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपन्द्र यादव लगायतका नेताहरु बसेर देउवालाई फकाएर भएपनि ८३ सीट भन्दा माथि नदिने सहमति गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले कम सीटमा सहमति गर्न खोजेको भन्दै कांग्रेसमा विवाद भइरहेको छ । देउवाले पार्टीको बैठकमा समेत गठबन्धन आवश्यक रहेको भन्दै कांग्रेस लचिलो भएरपनि गठबन्धनलाई टिकाउनुपर्ने बताउँदै आएका थिए । कांग्रेसमा गठबन्धनबाट १०० सीट भन्दा तल लिने भए एक्लै निर्वाचनमा जानुपर्ने अवाज चर्को रुपमा उठिरहेको छ । संस्थापन पक्षकै कतिपय नेताले पनि कम सीटमा सहमति गर्न नहुने बताइरहेका छन् ।
संस्थापनइतर पक्ष भनिएको कोइराला समूहले कुनै पनि हालतमा कांग्रेस १०० सीटभन्दा तल झर्न नहुने र झरेर सहमति गरे गठबन्धनबाट चुनाव लड्नुको अर्थ नरहने बताउँदै आएको छ । कांग्रेस महामन्त्री गगन थापाले पनि बैठकमै १०० सीट भन्दा तल कांग्रेस ओर्लन नसक्ने अडान राख्दै आएका थिए । थापा अहिले डेँगु संक्रमण भएर गठबन्धन बैठकमा जान सकिरहेका छैनन् । गठबन्धन बैठकमा नेताहरु रामचन्द्र पौडेल र कृष्ण सिटौलाले सीटबारे खासै चासो नराखेको बताइन्छ ।
गठबन्धन बचाउनकै लागि सभापति देउवाले ८३ सीटमा सहमति गरे कोइराला समूहले भनेझै कांग्रेसमा विद्रोह हुने निश्चित जस्तै देखिएको छ । चुनावका मुखमा आएर पार्टी नेताहरुको भनाइलाई वेवास्ता गर्दै देउवा अगाडि बढेमा कांग्रेसमा अन्तर्घातदेखि विद्रोही उम्मेदवारहरूको विगविगी हुने देखिएको छ । देउवाले गठबन्धनमा देखाएको लचकताले पनि कांग्रेसमा असन्तुष्टि बढिरहेको छ । कतिपय जिल्लाबाट आफ्नो क्षेत्रमा गठबन्धन नगर्ने पत्रसहितका दवाव पनि आइरहेका छन् ।
सीटका विषयमा कांग्रेसमै असहमति भइरहेका बेला तीन नेताबीच सत्ता गठबन्धनको सीट बाँडफाँटमा कांग्रेसलाई कम सीट दिने विषयमा छलफल भएको जसपाका एक नेताले जानकारी दिए । छलफलमा उनीहरूबीच सीट बाँडफाँट टुंग्याउँदा कांग्रेसलाई ८३ सीटमा रोकेर अरु सीट आफुहरुले लिने विषयमा कुराकानी भएको ती नेताले बताए । सत्ता गठबन्धनमा सीट बाँडफाँटको विषयमा सहमति हुन नसकिरहेको अवस्थामा तीन अध्यक्षबीच यस्तो सहमति भएको हो ।
गठबन्धनभित्र ठूलो दल नेपाली कांग्रेसले बढी सीट लिने अडान नछाडेपछि मोर्चाबन्दी गर्नुपर्ने विषयमा छलफल भएको हो । ‘पाँच दलका बीचमा सीट बाँडफाँटलाई टुंगो लगाउन सकिएको छैन । कांग्रेसले धेरै सीटमा दाबी छोडेको छैन । त्यहीबारे तीन दलका अध्यक्षहरूबीच छुट्टै छलफल भएको हो । तीन दलले लिने अडान र सहमतिका सम्भावनाहरूबारे छलफल हुँदा कांग्रेसलाई कस्ने कुरा भएको छ’, ती नेताले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार