बाँकेका सात स्थानमा नागरिक सहायता कक्ष
नेपालबहस संवाददाता
असोज ७, २०७९ शुक्रबार २२:५:३
७ असोज, नेपालगञ्ज । दशैंलाई लक्षित गरेर बाँकेका सात स्थानमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
भारतबाट फर्किने नेपालीलाई सुरक्षित र सहजरुपमा गन्तव्यसम्म पुग्ने वातावरणका लागि नेपाल–भारत सीमानाका जमुनाह, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्क, र्बैजनाथको सम्झना बजार, खजुराको धनौली, राप्तीसोनारीको कुसुम र बैजनाथको चिसापानीमा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए ।
चाडपर्व मनाउन भारतबाट फर्किने नेपालीहरु लुटिने र ठगिने गरेको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले जमुनाहमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ ।
भारतबाट फर्केका नेपालीलाई ठगिन र लुटिनबाट जोगाउन नागरिक सहायता कक्ष मार्फत सचेतना जगाउने र समस्यामा परेका नेपालीलाई गन्तब्यसम्म पुर्याउन सहयोग गर्ने उद्देश्यले स्थापना गरिएका सहायता कक्ष प्रभावकारी हुने प्रहरी नायब उपरीक्षक घर्तिले बताए ।
बाँके प्रहरीले खास गरी जमुनाह नाकामा निगरानी वढाएको जानकारी दिदै प्रहरीले चाडपर्वका लागि विशेष सुरक्षा योजना बनाउन थालेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार