देशमा फेरी प्रतिगनकारी शक्तिले टाउको उठाउने कुचेष्टा गर्यो: प्रचण्ड
नेपालबहस संवाददाता
असोज ७, २०७९ शुक्रबार २१:४४:५९
७ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशमा फेरी प्रतिगमनकारी शक्तिले टाउको उठाउने कुचेष्टा गरेको भन्दै परिवर्तनकारी पक्षहरुबीचको एकता थप बलियो बनाउन आवश्यक भएको बताएका छन् । उनले सत्ता गठबन्धनमा रहेका दलहरु परिवर्तनका पक्षधर भएकाले उनीहरुबीचको एकताले मात्रै प्रतिगमनकारी शक्तिलाई परास्त गर्न सक्ने बताएका छन् ।
पार्टीनिकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो शक्तिबाट संविधान मास्ने प्रयास पटकपटक भइरहेको भन्दै अहिले पनि परिवर्नका पक्षधर र परिवर्तनका विरोधीबीच गहिरो रुपमा संघर्ष चलिरहेको बताए । उनले पछिल्लोपटक टीआरसी विधेयक असफल पार्ने कसरत भइरहेको कुरा नागरिकता विधेयक प्रमाणीकरण नहुनुबाट बुभिएको बताए ।
प्रचण्डले अहिले प्रतिगमन शक्तिहरू सबै एक भएर आफूमाथि निरन्तर प्रहार गरिरहेको बताउँदै माओवादीविरुद्ध सामाजिक सञ्जालमा भ्रम छर्ने काम प्रष्ट देखिरहेको बताए । उनले एकथरि मान्छे माओवादीलाई कम्जोर बनाउन रातदिन धुप हालिरहेको भन्दै जसले परिवर्तनको नेतृत्व गर्यो त्यसैमाथि किन प्रहार भइरहेको भन्ने कुरा आफुलाई बुझ्न कठिन भएको बताए । प्रचण्डले आफुमाथि काल्पनिक र कपोकल्पित आरोप लगाइने गरेको दावी गर्दै भारत भ्रमणमा जाँदासमेत भेट्दै नभेटेका मान्छे भेट्यो यति बुँदे सम्झौता गरियो भनेर लगातार कुप्रचार गरिएको गुनासो गरे ।
उनले भने, ‘कुरा धेरै नै गहिरो छ । गत सालदेखिको प्रतिगमको षड्यन्त्र नयाँनयाँ रूपमा फेरि अगाडि ल्याउने जमर्को भइरहेको छ । हामीले एकता गुमायौं भने कुनै दिनमा प्रतिगमन हुने अझै खतरा छ । संविधानको पालक र संरक्षकबाट जानीबुझी संविधान खुलेआम मिच्ने काम भएको छ । यो सामान्य होइन । हजारौंको बलिदानबाट प्राप्त उपलब्धि खोस्ने र अपहरणको षड्यन्त्र हो । यसलाई रोक्न अरु कसैले सक्दैन । गत साल लाखौंलाई सडकमा ल्याएपछि मात्र त्यो परास्त गर्यौं । अहिले पनि किसान, सुकुम्बासी, जनतालाई अगाडि बढाएर शिक्षित गर्दै आन्दोलित गरेर त्यसलाई परास्त गर्न सकिन्छ ।’
उनले ठूलो सपना बोकेर कम्युनिष्ट पार्टीलाई एकताबद्ध गरेर लगेपनि त्यसलाई बचाउन नसकिएको बताए । देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूले वामपन्थीको एकता नचाहेको र भाड्ने षडयन्त्रमात्र गरेको भन्दै अहिले फेरि नयाँ शिराबाट वामपन्थीलाई नजिक ल्याउने दिशामा आफु अगाडी बढीरहेको दावी गरे । उनले प्रतिगनकारीले देशमा चलखेल गर्ने अवसर पाएसम्म परिवर्तन ल्याउन कठिन हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार