मनमोहक सुगन्धसहितको पुष्पाञ्जली प्रिमियम अगरबत्ती बजारमा
नेपालबहस संवाददाता
असोज ७, २०७९ शुक्रबार २२:१:४९
७ असोज, काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जलीपूजा अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक प्याकेजिङ्गले सुसज्जित पुष्पाञ्जली अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ८० वटा ब्राउन रङ्गका सुगन्धित काँटीहरू हुनेछन् ।
कम्पनीले पुष्पाञ्जली अगरबत्तीको प्रतिप्याक विक्री मूल्य रु.१०० कायम गरेको छ । यस अगरबत्तीमा फुलको थप सुगन्ध भएकोले हरेक शुभकार्यको निमित्त उपयुक्त हुनुका साथै पूजाको अद्वितिय अनुभव प्राप्त गर्न सकिने छ । यस अगरबत्तीले उत्कृष्ट गुणस्तरियता कायम राखी साथमा मंगलदीप ब्राण्डको छबि र ब्राण्डप्रति उपभोक्ताको लगावलाई बलियो बनाउँछ भन्ने आशा राखेको छ ।
दैनिक पूजामा प्रयोग हुने विभिन्न सुगन्धित फूलहरूको सम्मिश्रण मंगलदीप पुष्पाञ्जली अगरबत्तीमा रहेको छ । पुष्पाञ्जली अगरबत्तीका प्रिमियम सुगन्धले मन आनन्दित बनाई परमात्माको ध्यानमा दत्तचित्त भई लाग्न उत्प्रेरित गर्नेछ । यस अगरबत्तीको सुगन्धले सम्पूर्ण घरलाईनै पावन बनाउँछ । आफ्नो हरेक विहानी पुष्पाञ्जली प्रिमियम अगरबत्तीको थप सुगन्ध प्रयोग गरी आफ्नो दैनिकीलाई सुमधुर बनाउनुहोस् ।
यस उत्पादनले, प्रिमियम अगरबत्ती खोज्ने सम्पूर्ण ग्राहकहरूको मन जित्ने विश्वास कम्पनीले लिएको छ । मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, अर्पण, स्यान्डल, ल्यावेंडर, ज्यास्मिन, त्रिसारा, तथा त्रेया लगाएतका विभिन्न ब्रान्डहरू बजारमा सर्बत्र उपलब्ध छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार