चुरे संरक्षण र विकासका लागि मधेस प्रदेशमा प्रतिष्ठानको स्थापना
नेपालबहस संवाददाता
असोज ७, २०७९ शुक्रबार २२:२३:३९
♦ विशाल बस्नेत
७ भदौ, महोत्तर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान मधेस प्रदेशमा स्थापना भएको छ । मधेस प्रदेशको मुख्य मुद्दा चुरे संरक्षण र विकासलाई विशिष्टकृत गर्ने उद्देश्यले प्रदेशका चुरे क्षेत्रलाई ध्यानमा राखेर बिहीबार बर्दिबासमा औपचारिक स्थपना भएको हो ।
चुरे संरक्षणमा लामो समयदेखि निक्कै चासो देखाउँदै आएका पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मधेस प्रदेशमा स्थापना भएको उक्त प्रतिष्ठान ठूलो उपलब्धि भएको बताए । ५ पुस २०७६ मा पोखरेलले मधेस प्रदेशमा चुरेको समस्या झांगिँदै गएकोप्रति ध्यानाकर्षण जनाउँदै सरोकारवाला निकायलाई भेला गराएर बृहत् छलफलसमेत गराएका थिए ।
२०७६ सालदेखि आफूले चालेको अथक प्रयास आज आएर सफल भएकोप्रति खुसी व्यक्त गर्दै चुरे संरक्षण र विकासमा यो प्रतिष्ठान कोसेढुंगा सावित हुनेमा नेता पोखरेलले विश्वास ब्यक्त गरे । नदीजन्य वस्तु बेचेर समृद्धको परिकल्पना गर्न नसक्नेतर्फ ध्यानाकर्षण जनाउँदै नेता पोखरेलले भने- ‘उत्खनन गर्दा राज्यको नियन्त्रणमा रहेर गर्नुपर्छ तर गर्न हुँदै, हुँदैन भनेको चाहिँ हैन ।’ चुरे संरक्षणको लागि हरित अभियानमा ध्यान दिनुपर्ने नेता पोखरेलको सुझाव छ । यसअघि मधेसमा तीन लाख बिरुवा रोपेर त्यस्को औपचारिक सुरुवात गरिएको उनले बताए ।
नेपाल एकेडेमी विज्ञान, प्रविधिका प्राध्यापक तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान मधेस प्रदेशका ब्यवस्थापन समितिका अध्यक्ष पारसनाथ यादवले पनि चुरेको समस्या जटिल बन्दै गएको बताए । सबैभन्दा उत्तम पारिस्थितिक प्रणाली रहेको चुरे क्षेत्र नासिँदै जानु मानव अस्तित्वमै संकट सिर्जना हुनेतर्फ उन्मुख भएको बताउँदै प्रा।डा। यादवले ४० देखि ५० लाख जनसंख्या यही क्षेत्रमा रहेको बताए । ३६ जिल्लामा फैलिएको चुरे क्षेत्रमा ७२ प्रतिशत जंगल छ भने नेपालको कुल भूभागको १३ प्रतिशत क्षेत्रफल चुरेले नै ओगटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
रचना र दीपकको स्वरमा रहेको 'रातो घोडा सेतो घोडा'को म्युजिक भिडियो सार्वजनिक
मंसिर १८, २०८१ मंगलबार
दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
रूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार
पुुरुष युु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङले गरे स्वागत
मंसिर १८, २०८१ मंगलबार