कोइराला समूहको खबरदारीसभा बानेश्वर ब्याक्वेटमा तय, भातृ र शुभेच्छुक संस्थालाई पनि निम्तो
नेपालबहस संवाददाता
असोज ७, २०७९ शुक्रबार २२:५६:२४
७ असोज, काठमाडौं । समानुपातिकतर्फको टिकट वितरणमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै यसको बिरोधमा नेपाली कांग्रेस संस्थापनइतर समूले शनिवार गर्ने भनेको खबरदारीसभा थापागाउँस्थित बानेश्वर ब्याक्वेटमा तय भएको छ । संस्थपनइतर पक्षका नेता डा. शेखर कोइराला नेतृत्वको समूहका नेता सम्मिलित शुक्रबारको बैठकले भोलीको खबरदारीसभा बानेश्वर ब्याक्वेटमा गर्ने तय गरेको हो ।
दिउँसो १ बजे राखिएको खबरदारीसभामा पार्टीका भातृ संगठन र शुभेच्छुक संस्थालाई पनि निम्ता गरिएको छ । सभामा केन्द्रीय तथा जिल्लाका नेतासहित कोइराला पक्षका जिल्ला सभापतिहरुसमेत उपस्थित रहने बताएको छ । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा एकलौटी गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसमा असन्तुष्टि चुलिदै गएको छ ।
संस्थापन पक्ष अर्थात् पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगबाट समानुपातिक सूची बुझाएको भन्दै इतर समूह प्रतिकारमा उत्रने तयारीमा छ । पार्टीमा संस्थापन पक्षले इतर समूहलाई उपेक्षा गरेको भन्दै खबरदारी सभाको आयोजना गरिएको समूहका नेता जगदिश्वर नरसिंह केसीले नेपालबहसलाई बताए । उनले भने,‘समानुपातिक सूचीमा सभापतिले एकलौटी गर्नुभयो । हाम्रो समूहका साथीहरूको नाम काट्ने काम भएको छ । यसरी पार्टीभित्र मनपरित्रतन्त्र हावी हुनुभएन । सभापतिले एकलौटी गरेपछि हामीले खबरदारी सभाको आयोजना गरेका हौँ ।’
उनका अनुसार समानुपातिक सूचीमा संस्थापन पक्षले एकलौटी गरेजस्तै प्रत्यक्ष तर्फको टिकटमा पनि एकपक्षीय गतिविधि हुने देखिएपछि सभापति देउवालाई दबाव दिने र सम्माजनक भागबण्डा लिन खबरदारी सभा बोलाइएको हो । कोइराला समूहले अरू दलका विषयमा समान सीटको कुरा गर्ने सभापति देउवाले पार्टीभित्रै अर्को समूहलाई चाहिँ समान हैसियत दिन नचाहेको र जिम्मेवार नेताहरूलाई समेत पाखा लगाउने काम भएको बताएको छ ।
अन्य दलसँग १८ घण्टा मिटिङ गर्न सक्ने देउवाले फरक समूहको नेतृत्व गर्ने समूहका नेतालाई १८ मिनेट पनि समय नदिएको गुनासो इतर समूहको छ । केसीका अनुसार सभामा इतर समूहबाट प्रतिनिधित्व गर्ने भ्रातृ तथा शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरु उपस्थित हुनेछन् । खबरदारीपश्चात् पनि निरन्तर आफूहरूलाई पाखा लगाए सभालाई सशक्त बनाउँदै लगिने सो समूहको तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी डलर स्थिर, अन्य कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
पुष २९, २०८१ सोमबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार