‘यस्तो बन्नुपर्छ घोषणापत्र’ शीर्षकमा कांग्रेसले माग्यो मतदाताको सुझाव
नेपालबहस संवाददाता
असोज ८, २०७९ शनिबार १५:३५:३१
८ असोज, काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा आफ्ना आगामी नीति, कार्यक्रम र रणनीतिसहितका धारणा समेटिएको घोषणापत्र तयारीका क्रममा मतदाताको सुझाव आह्नान गरेको छ ।
घोषणापत्र तयारी समितिले जनभावना संकलन गर्न प्रविधिका विभिन्न माध्यमबाट सुझावका लागि आह्नान गरेको हो । उसले सबै क्षेत्र, बर्ग र समुदायसँग उचित सुझावको अपेक्षा गरेको छ ।
यसका लागि समितिले आन्तरिक छलफलदेखि प्रत्यक्ष सार्वजनिक संवाद लगायतका कार्यक्रम गरिरहेको छ । समितिका प्रवक्ता एवम् कांग्रेस सहमहामन्त्री जीवन परियारका अनुसार ‘यस्तो बन्नुपर्छ कांग्रेसको घोषणा पत्र’ शिर्षकमा मतदाताबाट सुझाव माग गरिएको बताए ।
उनले भने, ‘हामीले सामाजिक सञ्जालका विभिन्न माध्यमबाट सुझावका लागि आव्हान गरेका छौँ । ह्वाट्स एप, भाइबर, इमो लगायत विभिन्न माध्यमबाट हामीलाई घोषणापत्रमा सुझाव पठाउन मिल्छ । हामीले स्वदेश र विदेशमा रहनुहुने नेपाली कांग्रेसका सदस्य, समर्थक, शुभेच्छुक र आलोचक एवं समस्त नेपाली मतदाताहरूबाट सुझावको अपेक्षा गरेका छौँ ।’ विभिन्न माध्यमबाट आएका सुझावहरुलाई समितिले घोषणा तयारीका क्रममा सम्बोधन गर्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
पुष २९, २०८१ सोमबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार