राष्ट्रपतिको कदम एमालेका लागि झन् घातक, ओलीको रणनीति अनुकुल राजनीति नजाने संकेत
नेपालबहस संवाददाता
असोज ८, २०७९ शनिबार १८:३५:३४
८ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उत्पन्न परिस्थितिले समाजलाई नै विभाजनतर्फ उन्मुख गराएपछि त्यसको असर सबैभन्दा बढी नेकपा एमालेमा पर्ने देखिएको छ । सर्वोच्च अदालतमा राष्ट्रपतिको कदमबिरुद्ध परेको रिटको फैसला निर्वाचन अगाडि सम्भव देखिएको छैन् । निर्वाचन अघि सर्वोच्चबाट फैसला नआए यसैलाई चुनावी मुद्दा बनाएर निर्वाचनमा जाने सत्ता गठबन्धनको तयारी छ ।
राष्ट्रपतिको कदमलाई एमालेले पनि चुनावी मुद्दा बनाएर नै जाने तयारीमा अध्यक्ष केपी शर्मा ओली छन् । दुवै पक्षले राष्ट्रपतिको कदमलाई चुनावी मुद्दा बनाउँँदा अहिले नै विभाजित भइसकेको समाज र ध्रुवीकृत राजनीतिक वातावारणको असर आम मतदातामा समेत परिसकेको छ । मतदाता पहाडमा भन्दा तराइमा बढी विभाजित छन् ।
एमालेका कारण नागरिकता विधेयक प्रमाणीकरण नभएको र बर्सौदेखि नागरिकताको पर्खाइमा बसेकाहरुले अहिले पनि नागरिकता लिन एमाले नै बाधक भएको बुझाइ धेरैमा छ । नागरिकता विधेयक प्रमाणीकरणमा अन्य धेरै राजनीतिक विषयले प्रवेश गरेको भएपनि विभाजित समाजको आम बुझाएमा नागरिकता वितरणको बाधक एमाले नै मुख्य रहेको छ । यसलाई चिर्न सहज छैन् ।
यो प्रकरणले मधेशका धेरै एमाले मतदाता भड्कने डर ओलीलाई छ । नागरिकताको विषयबाट ओलीले जुनखालको मधेशमा राजनीतिक खेलवाड गर्ने रणनीति बनाएका थिए । त्यो घटना क्रमले नै क्रमशः कमजाेर बनाउँदै लगेको देखिन्छ । ओलीको चाहना नागरिकता विधेयक प्रमाणीकरण नहुनका पछाडिको कारण र दोष सत्ता गठबन्धनतर्फ फर्काएर मधेशमा आन्दोलन चर्काएर चुनाव सार्ने थियो । त्यो पनि सहज देखिएको छैन् ।
मधेशमा नागरिकताको विषयमा आन्दोलन हुने निश्चित भइसकेको छ । मधेशका दुवै दलले आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छन् ।ओली यो आन्दोलन सत्ता गठबन्धनको बिरुद्धमा होस र यो एमालेको पक्षमा बनोस भन्ने चाहान्थे । तर, परिस्थिति त्यस्तो बन्ने देखिएन ।मधेशको आन्दोलन राष्ट्रपति र एमालेका विरुद्धमा नै हुने देखिएको छ । यसरी सोचे अनुसार नभएपछि ओली फरकशैलीमा उत्रन थालेका छन् । उनले शुक्रबार युवासँघको एक कार्यक्रमा एमालेबिरुद्ध बोल्ने र लेख्नेमाथि अरिँगाल छाडेर तह लगाउन निर्देशन दिए ।
पछिल्ला केही दिनमा नै ओलीका बोली र व्यवहारहरुमा परिवर्तन आएको छ । उनी परास्त मनस्थितिमा पुगेजस्तै देखिएको छ । एकातिर सत्ता गठबन्धनसँग चुनाव लड्नुपर्ने र अर्कोतर्फ नागरिकता प्रकरणबाट पनि पार्टी नै घाटा हुने देखेपछि उनी अतालिएकाे राजनीतिज्ञहरु बताउँछन् । राष्ट्रपतिको दरो बचाउ गरिरहेका ओलीलाई नागरिकता प्रकरणले आगामी निर्वाचनमा ठूलै धक्का दिने देखेपछि अझै पनि चुनाव सार्न सकिने बाटोको खोजीमा ओली लागिरहेको विपक्षी दलहरुको अनुमान छ ।
एमालेलाई आगामी चुनावमा सबैभन्दा धरै घाटा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराइ भेगमा हुने देखिन्छ । यसक्षेत्रका मतदाता रिझाउन अध्यक्ष ओलीले मधेश झरेर धेरै प्रयास पनि गरेका थिए । अघिल्लो पटक मधेश आन्दोलन हुँदा पनि एमाले नै तारो बनेको थियो ।त्यसबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूले मधेशलाई झनै चिढ्याएको थियो । जसले गर्दा ‘एमाले सबैभन्दा ठूलो मधेश विरोधी पार्टी हो भन्ने छाप जनतामा परेको थियो ।
२०७३ सालको विवाहपञ्चमीमा जानकी मन्दिर दर्शन गर्न जाँदा पनि राष्ट्रपति भण्डारीको चर्को विरोध भएको थियो । उनी गएपछि नाराबाजी र तोडफोड समेत भयो । भण्डारी पनि मधेशकी घोर शत्रु हन् भन्ने आम मधेशीको बुझाइ बनेको थियो । कतिसम्म भने एमालेका शीर्ष नेताहरूलाई मधेशमा पाइला राख्नै गाह्रो भएको थियो । अहिले पनि राष्ट्रपतिकै कारण मधेश एमालसँग चिढिएको छ ।
मधेशमा एमालेप्रति अहिले पुरानै वितृष्णा फैलिएको छ । विग्रिएको मधेश सम्बन्ध सुधारका लागि ओलीले पद नै दिने आश्वासनमा मधेशमा एमाले प्रवेशको लहरै चलाएका थिए । एमालेका नेताको भनाइमा अहिले वैचारिक–सैद्धान्तिक हिसाबले भन्दा पनि अवसरको लागि मधेशमा एमाले प्रवेशको लहर चलेको हो । एमाले एक्लै प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लड्न लागेकाले अन्य दलको तुलनामा ऊसँग बढी सीट खाली छ । समानुपातिकमा पनि थुप्रै सीट खाली थियो । त्यही अवसर लिन एमाले छिर्ने लहर चलेको स्थानीयको बुझाइ छ ।
मधेशका विश्लेषकहरुको भनाइमा मधेशमा एमाले कांग्रेसपछि दोस्रो शक्तिको रूपमा छ । गठबन्धनमा जस्तो टिकट भागबण्डाको सकस पनि कम छ । अन्य दलमा टिकट पाउने अवसर नभएपछि एमाले प्रवेशको लहर चलेको थियो । तर, हालै आएर वातावरण विग्रिएको छ ।यसबाहेक, मधेश आन्दोलनको नेतृत्व गरेका दलका शीर्ष नेताहरू नै केपी शर्मा ओली नेतृत्वको सरकारमा गएपछि हामी एमालेमा जाँदा के फरक पर्छ र ? भन्ने धारणा पनि बनेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
विश्लेषक तुलानारायण साहका अनुसार, संविधानमा मधेशी समुदायको अधिकार सुरक्षित गर्न भएको मधेश आन्दोलनको नेतृत्व मधेशी दलहरूले गरेका थिए । आन्दोलनमा मधेशका सबै पक्ष सरिक थिए । आन्दोलनको नेतृत्व गरेका मधेशवादी दलहरूप्रति मधेशी समुदायको ठूलो समर्थन र सहानुभूति थियो । त्यसपछिको चुनावमा मधेशमा ध्रुवीकरण भएर पहाडी पार्टी भर्सेज मधेशी भनेजस्तो भयो ।
साहको भनाई नागरिकताको विषयमा मधेशी जनता खुशी छैनन् । ओलीको बोली र रणनीति दुवैमा मधेशको अधिकार कटौती गर्ने उद्देश्य रहेको अहिले पनि देखिएकाले मधेशमा एमालेप्रति आक्रोश र मधेशवादी दलप्रति आकर्षण फरक ढंगबाट गइरहेको छ । यसरी विग्रदै गएको राजनीतिक परिदृष्यले आलीलाई चिन्तित बनाएको छ । गठबन्धनसँग टक्कर बोलेअनसार सहज छैन् । यसैले पनि उनी आरिँगालकै रुपमा खनिएका छन् ।
ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको भनाई शुत्रबार राखे । उनले सत्तारुढ दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले त्रिशुलीको भेलले बगाएजसरी बगाउने निश्चित भएपछि उनीहरूले गठबन्धनको त्यान्द्रो समाउनु परेको आरोप लगाए । उनी धेरै अगाडिदेखि गठबन्धन फुटाउने कसरतमा थिए । तर, सफल भएनन् । अहिले त्यही कुण्ठा पोखिरहेका छन् भन्ने विपक्षीको बुझाइ छ ।
ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै मुलुकको समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन सक्ने दाबी गर्दै आफ्नो पार्टी फुटेर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी अर्को भदौसम्ममा अस्तित्व सकिएको अवस्थामा पुग्ने बताए ।‘नेकपा एस भन्ने पार्टी छ नि आजकाल, पोहोर भदौमा जन्मियो, यो भदौमा त्यसलाई बैंस आयो, अर्को भदौसम्म पुग्दै पुग्दैन,’ ओलीले भनका थिए । एक्लै चुनाव लड्न नसकेर अहिले कांग्रेसले गठबन्धन बनाएर नक्कली सहयात्रीको सहारा लिइरहेको भन्दै ओलीले उसले छिट्टै धोका पाउने ठोकुवासमेत गरका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी डलर स्थिर, अन्य कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
पुष २९, २०८१ सोमबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार