भेनेजुएलामा बाढीका कारण धार्मिक समारोहमा जमघट सात जनाको मृत्यु
नेपालबहस संवाददाता
असोज ९, २०७९ आइतबार १८:१४:४५
९ असोज, एजेन्सी । भेनेजुएलाको पश्चिमी भागमा भारी वर्षाका कारण एक धार्मिक जमघटमा सहभागी एक समूहलाई बगाउँदा कम्तीमा सात जनाको मृत्यु भएको भेनेजुएलाका गभर्नरले शनिबार बताएका छन् ।
प्रोटेस्टेन्ट धार्मिक समूह मेथडिस्ट चर्चका करिब ४० जना सदस्य शुक्रबार ताचिरा राज्यमा भेला भएका बेला भारी वर्षाका कारण अचानक बाढी आएको गभर्नर फ्रेडी बर्नालले ट्वीटरमा जानकारी दिए ।
वर्षा कम भएपछि नदीमा नुहाउने क्रममा केही उपासकहरूलाई एक्कासि पानीको सतह बढेर आउँदा बगाएको बर्नालले बताए । उनले भने, ’अहिलेसम्म सात वटा शव निकालिएको छ, जसमध्ये चार जनाको पहिचान हुन सकेको छैन, हामीले पहिचान हुन नसकेका शवका अफन्तको खोजी जारी राखेका छौं ।
कोलम्बियाको सिमानामा पर्ने पर्यटकहरूको लागि लोकप्रिय एन्डीजको एक क्षेत्रमा बाढी आएको हो । यस वर्ष भेनेजुएलामा औसतभन्दा बढी वर्षा भएको छ, जसका कारण धेरै क्षेत्रमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् ।
सरकारका प्रवक्ताले भारी वर्षालाई ‘ला नीना’ मौसमी घटनासँग जोडेका छन्, जुन प्रशान्त महासागरको भूमध्यरेखीय सतहको पानीमा तापक्रमको विसंगतिको कारण हुने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार
घाममा सुकाइएको कच्चा प्लाई उठाउँदै मजदुर
पुष २१, २०८१ आइतबार
मानव सेवाभन्दा ठूलो अर्को धर्म छैनः राष्ट्रपति पौडेल
पुष २१, २०८१ आइतबार