अन्तर्राष्ट्रिय बालकला प्रदर्शनी सुरु
नेपालबहस संवाददाता
असोज ९, २०७९ आइतबार १९:३४:३७
९ असोज , काठमाडौं । काठमाडौँको ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा अन्तर्राष्ट्रिय बाल कला प्रदर्शनी सुरु भएको छ । बङ्गलादेशको आर्टशाला कला केन्द्र र नेपालको जिपी कोइराला फाउन्डेसन आर्ट एण्ड कल्चर विभागको आयोजनामा शनिबारदेखि पाँच दिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको हो ।
प्रदर्शनीमा बङ्गलादेशका ५५ बाल कलाकार तथा नेपालका पाँच कलाकारले कोरेका कला राखिएका छन् । प्रदर्शनीको शुभारम्भ गर्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ रमेश खनालले विश्वका सबै कलाको आ–आफ्नो विशेषता रहेको उल्लेख गर्दै यस्ता कला प्रदर्शनीले अन्तर्राष्ट्रियस्तरमा नेपाली बाल कलालाई जोडेको बताए ।
उनले नेपाली कलाकारबाट कोरिएका कला बिक्रीवितरण नहुँदा कलाकारको मेहनत खेर गएको उल्लेख गरे । नेपालमा निर्माण भएका सरकारी तथा निजी भवनमा नेपाली कलालाई प्रयोग गरेमात्र कलाकारको मेहनतको कदर हुने उनको भनाइ थियो ।
हो वीगञ्ज चारुखोला एकेडेमीका निर्देशक एवं आर्टशालाका सञ्चालक आशिष अचार्जीले आर्टशालाले पहिलो पटक नेपालमा आएर अन्तर्राष्ट्रियस्तरको कला प्रदर्शन गरेको जानकारी दिए । उनले कला प्रदर्शनीले नेपाल र बङ्गलादेशको सम्बन्ध झन मजबुद बनाएको बताए ।
जिपी कोइराला फाउन्डेशन, कला तथा संस्कृति विभागका प्रमुख श्यामसुन्दर यादवले फाउन्डेसनले संसारभरका कलाकारलाई जोड्ने काम गर्दै आएको बताए ।
विगत १७ वर्षदेखि सञ्चालनमा रहेको मिथिला येँ आर्ट ग्यालरीमा हालसम्म तीन सयभन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शन गरिसकिएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार
घाममा सुकाइएको कच्चा प्लाई उठाउँदै मजदुर
पुष २१, २०८१ आइतबार