खेल मैदान नहुँदा इन्द्रावती बगरमा प्रतियोगिता
नेपालबहस संवाददाता
असोज ९, २०७९ आइतबार २०:५६:५७
९ असोज , सिन्धुपाल्चोक । चार्डपर्व नजिकिएसँगै जिल्लामा खेलकुदका गतिविधि पनि बढ्न थालेका छन् । जिल्लाको विभिन्न मुख्य खेल प्रतियोगिता हुने मेलम्चीमा खेल मैदान नहुँदा आयोजकहरु इन्द्रावती बगरमा प्रतियोगिता आयोजना गर्न बाध्य छन् ।
शनिबार सम्पन्न नगरस्तरीय भलिबल इन्द्रावती बगरमा रहेको निमार्णाधिन बसपार्कमा आयोजना गरिएको थियो । घाम लाग्दा गर्मी र पानी पर्दा हिलो भएर प्रतियोगिता सञ्चालन गर्न कठिन भएको आयोजक ओम वाइबा गुनासो गर्नुहुन्छ ।
जिल्लामा जुनसुकै खेलकुद प्रतियोगिता गर्न कुनै चाडपर्व वा मेला कुर्नुपर्ने र भइहाले पनि कहाँ सञ्चालन गर्ने भन्ने ठूलो चिन्ता आयोजकलाई भइरहन्छ ।
भलिबल, फुटबल, क्रिकेट, कराँतेलगायत विभिन्न खेलकुदमा सक्रिय सहभागिता हुँदै उत्कृष्ट नतिजासमेत हासिल गर्दै आएको सिन्धुपाल्चोकमा पछिल्लो समय कोराना, बाढी तथा पहिराका कारण कम भएको खेलकुदका गतिविधि बढ्न थालेको छ ।
चाडपर्वको मुखमा मात्र आयोजना हुने खेलकुदका गतिविधिमा खेलाडीको भने त्यति उत्साह पाइँदैन ।“बनेका संरचना बाढीले बगाएपछि खेल मैदानलगायत पूर्वाधार अभावका कारण खेल क्षेत्र सिथिल भएको हो खेल क्षेत्रलाई उकास्न तिनै तहका सरकार क्रियाशील रहन आवश्यक रहेको भन्नुहुन्छ”, पूर्वखेलाडी सिपी दुलाल ।
रु १४ करोडको लागतमा निमार्णाधीन रङ्गशाला गत वर्षको बाढीले बगाएको थियो । हेलम्बुका पनि खोला आसपास सबै बगर भएपछि खेल मैदान अभाव छ । सबै क्षेत्रमा जस्तै खेलमा पनि राजनीति भित्रिँदा कतिपय राम्रा खेलाडीले स्थान पाउन सकेका छैनन् ।
“खेल क्षेत्रलाई राजनीतिकरण नगरी स्वतन्त्ररुपमा छोड्न पर्ने खेलप्रेमीको सुझाव छ । पूर्वाधार, कोच र खेलाडीको सुन्दर भविष्यका लागि राज्यले सोच्नपर्ने बताए”, खेलप्रेमी सुशान्त सिग्देल ।
जिल्लामा खेलकुदको राम्रो सम्भावना हुँदाहुँदै पनि अन्योल भविष्यका कारण खेलाडीको लगनशिलता पाइँदैन । कोही विदेशिएका छन् भने कोही जागिरको सिलसिलामा अन्यत्र छरिएका छन् ।
तिनै तहको सरकारसँग समन्वयात्मक भूमिका निर्वाह गर्दै खेलक्षेत्रलाई उकास्ने योजना रहेको जिल्ला भलिबल सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष रमेशकुमार खड्का बताए ।
इन्द्रावती, सुनकोसी, चौतारा, लिसङ्खुपाखरबाहेकका पालिकामा पर्याप्त खेल मैदान नभएको जिल्ला खेलकुद विकास समितिका पूर्वध्यक्ष शिव देउजाको भनाइ छ ।
मेलम्ची नगरपालिकामा अघिल्लो कार्यकालमै निर्माण भएको खेल मैदान कर्भडहल गत वर्षको बाढीले बगाएपछि अहिले खेल मैदानको खोजीमा नगरपालिका लागिपरेको नगर प्रमुख आइतमान तामाङ बताए । उनले खेल क्षेत्र र खेलाडीलाई उकास्न नगर सधैँ तयार रहेको उल्लेख गरेका छन् ।
सिन्धुपाल्चोकमा थुप्रै खेलाडी भए पनि पछिल्लो समय अन्यत्र पलायन हुँदा नयाँ खेलाडी उत्पादन हुन सकेका छैनन् । राज्यले खेलाडीको मनोबल उकास्नका लागि खेलक्षेत्रमा पर्याप्त लगानी गर्न आवश्यक रहेको खेलप्रेमि बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुष २३, २०८१ मंगलबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार