माओवादी अध्यक्ष प्रचण्ड नयाँ घरमा सर्दै, राजनीतिक भविश्यका लागि अशुभै अशूभ !
नेपालबहस संवाददाता
असोज १०, २०७९ सोमबार १४:४४:५०
१० असोज काठमाडौं । नेकपा माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चिवन १४ मा बनेको नयाँ अलिसान घरमा सर्दै छन् । शान्ती प्रकृयामा आएपछि उनको यो देखावटी पहिलो घर हो । नीजि सम्पती सार्वजनिक गर्दा उनले देखाएको डेढ कठ्ठका जमिनमा यो घर बनाएको हो या होइन भन्ने खुलाएका छ्रैनन् ।
चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका प्रचण्डलाई यो घर राजनीतिक रुपमा भने अशुभ देखिएको छ । बास्तुशास्त्रीय दृष्टिले प्रचण्डालाई यो घरले आगामी दिनमा सहजता नदिने बास्तुविदहरु बताउँछन् । घर सर्ने तयारीमा रहेका उनलाई यो घरमा सरेपछि राजनीतिक भविश्य भने अन्योलमा पर्ने उनीहरु बताउँछन ।
उनी चुनाब लड्ने क्षेत्र नं ३ मा एमालेको सहयोग पाएका ठेकेदार विक्रम पाण्डे प्रतिस्पर्धामा छन् । पाण्डेलाई जिताउने र प्रचण्डलाई हराउने जिम्माए मालेका अध्यक्ष केपी शर्मा ओलीले लिइसकेका छन् । यो संगै उनले आगामी निवार्चन पछि प्रधानमन्त्री बन्ने प्रस्ताव अहिलेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राखिसकेको छ । प्रधानमन्त्रीको सहमति नभएका कारण प्रचण्डले सीट बाँडफाँडमा समेत देउवालाई एक्ल्याउँन मोर्चाबन्दी गरिरहेका छन् ।
उनको प्रधानमन्त्री मोह पनि चुनाव हारको मुख्यकारण बन्ने वानस्तुविद्को भनाइ छ । उनलाई हराउन एमकाले मात्र हैन कांग्रेस पनि उत्तिकै लागिपर्ने देखिएको छ । प्रधानमन्त्रीकै विषयमा विवाद हुँदा तत्कालिन नेकपा पनि विभाजित हुन पुगेको थियो । प्रचण्डले यही अवस्था भोली पनि खडागर्ने चिन्ता कांग्रेसमा छ । यसैले पनि उनलाई जिताउनभन्दा हराउनमै कांग्रेस मतदाताहरु लाग्ने कुण्डली उनको छ ।
चुनावी अभियानकै क्रममा प्रचण्ड अहिले चितवनमा छन् । चुनावी प्रचार र पार्टी कामका लागि उनी चितवन पुगेका गएका हुन् । आफ्नो निर्वाचन क्षेत्र चितवन ३ का नेता तथा कार्यकर्तालाई रिझाउन चितवन पुगेका प्रचण्डले त्यहा विविध राजनीतिक गतिविधि सञ्चालन गरिरहेका छन् । उनले जिल्लामा असन्तुष्ट रहेका नेताहरुलाई अन्य पार्टीमा जानबाट रोक्ने रणनीति बनाएका छन तर, सफल भएका छैनन् ।
यही मौकामा आज प्रचण्ड भरतपुर महानगरको १४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सर्दैछन् । यसअघि शिवनगरमा भाडामा घर लिएर बसेका प्रचण्ड आफ्नै घरमा सर्न लागेका हुन् । शिवनगरकै नजिक प्रचण्ड टोलमा बनेको नयाँ घरमा प्रचण्ड सर्न लागेका हुन् । उनी बिहान ११ बजे नयाँ घरमा सर्ने कार्यक्रम रहेको छ । उनीसँगै पत्नी सीता दाहाल पनि चितवनमै छन् । प्रचण्ड अस्वस्थ रहेकी पत्नी सीतालाई केही दिन चितवनमै राख्ने योजनामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी डलर स्थिर, अन्य कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
पुष २९, २०८१ सोमबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार