देशभर डेंगुबाट २९ जनाको मृत्यु, कुन प्रदेशमा कति संक्रमित ?
नेपालबहस संवाददाता
असोज १०, २०७९ सोमबार १६:३२:२५
१० असोज, काठमाडौं । सरकारले डेंगु नियन्त्रण तथा रोकथाममा यथेष्ट ध्यान नदिंदा यो देशका ७७ मध्ये ७६ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता हालसम्म कुल २४ हजार ४९२ जना डेंगुका बिरामी भेटिएका छन् ।
डेंगुका कारण हालसम्म देशभर २९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । नेपालमा डेंगुको बिरामी पहिलो पटक २०६१ सालमा देखिएका थिए । त्यसपछि डेंगुका बिरामी नेपालमा वर्षेनी देखिंदै आएका छन् ।
मन्त्रालयका अनुसार गत साउन १ गतेयता सबैभन्दा बढी डेंगुका बिरामी बागमति प्रदेशमा देखिएका छन् । यो अवधिमा बागमती प्रदेशमा १९ हजार डेंगुका बिरामी भेटिएका छन् । यस्तै, प्रदेश १ मा ७५३, मधेश प्रदेशमा ३२३, गण्डकी प्रदेशमा ५३७, लुम्बिनी प्रदेशमा २ हजार ८७२, कर्णाली प्रदेशमा २३० र सुदूरपश्चिम प्रदेशमा ७७७ जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ । डेंगु नियन्त्रणमा सरकार उदासिन भएको सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरुले नै आरोप लगाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार