चाडबाडका बेला गण्डकी प्रदेशमा तीन सय ६० प्रहरीले सुरक्षा दिने
नेपालबहस संवाददाता
असोज १०, २०७९ सोमबार १८:३:५९
१० असोज, पोखरा । चाडपर्वका बेला हुने सडक दुर्घटना न्यूनीकरणका लागि गण्डकी प्रदेशभर चेकजाँच र उद्धारमा जोड दिइएको छ । चाडपर्वको समय अवधिभर ६७ ठाउँमा स्थायी ड्युटी हुनेछ भने ५१ ठाउँमा नियमित चेकिङ गरिने छ । २८ ठाउँबाट मादक पदार्थ सेवन गरे नगरेको जाँच गरिने छ । गण्डकीका ११ जिल्लाका ३३ ठाउँमा यात्रु सहायता कक्ष राखिने ट्राफिक प्रहरीले जनाएको छ ।
१५ वटा मोवाइल गस्ती, १२ वटा क्यूआरटी परिचालन हुनेछ भने १२ वटा राजमार्ग र ग्रामिण गस्ती गरिने छ । विपद् उद्धारका लागि १२ वटा टोली खटाइने छ । सबै कामका लागि तीन सय ६० जना ट्राफिक प्रहरी परिचालन हुने प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
चाडपर्वमा सवारी दुर्घटना बढी हुने भन्दै त्यसलाई न्यूनीकरण गर्न समयमै सचेतनाका कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । पछिल्लो समय सवारीसाधनको प्रयोगबाट अपराध धेरै हुने गरेको भन्दै नियन्त्रणलाई जोड दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार