दक्षिण कोरियामा थप चौध हजार संक्रमित
नेपालबहस संवाददाता
असोज १०, २०७९ सोमबार २०:४९:३४
१० असोज, एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरसबाट थप १४ हजार भन्दा धेरै संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप १४ हजार १६८ जना संक्रमित भएका हुन् ।
योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल संक्रमितहरुको संख्या दुई करोड ४६ लाख ३४ हजार छ सय ३४ पुगेको स्वास्थ्य अधिकारीहरुको भनाई छ । दैनिक संक्रमितहरुको संख्या घटेको देखिएको छ । अघिल्लो दिन २५ हजार सात सय ९२ जना संक्रमित भएका थिए । अघिल्लो हप्ता औसतमा दैनिक संक्रमितको संख्या ३१ हजार पाँच सय १३ रहेको थियो ।
अहिले संक्रमित अवस्थामै रहेका मध्ये चार सय २७ जना गम्भीर अवस्थामा रहेका छन् । यो संख्या भने अघिल्लो दिनको भन्दा ११ ले बढी हो । दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ ।
योसँगै कोरियामा कोरानाका कारण कुल मृतकको संख्या २८ हजार २४६ पुगेको छ । विश्वका धेरै देशमा कोरोना भाइरसको महामारी अत्यन्त न्युन भइसक्दा समेत दक्षिण कोरियामा भने फैलिइरहेको छ । महामारी सुरु भएका बेला राम्रोसँग महामारी नियन्त्रण गरेको दक्षिण कोरिया अहिलेसम्म पूर्ण रुपमा नियन्त्रण गर्न असफल भएका
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथाइल्याण्डका प्रधानमन्त्रीको २० लाख डलरका ह्यान्डब्याग र ५० लाख डलरका घडी
पुष १९, २०८१ शुक्रबार
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल
पुष १९, २०८१ शुक्रबार
क्यालिफोर्नियामा विमान ठोक्किँदा दुईको मृत्यु, १८ घाइते
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार