नेपालगञ्जमा दुई वर्षदेखि रोकिएको रामलीला हुँदै
नेपालबहस संवाददाता
असोज १०, २०७९ सोमबार २१:१९:२०
१० असोज, नेपालगञ्ज । विगत दुई वर्षदेखि नेपालगञ्जमा रोकिएको रामलीला आजदेखि सुरु हुने भएको छ । प्रत्येक वर्ष दसैँको नवरात्रीमा नेपालगञ्जको रामलीला मैदानमा हुने रामलीलाको एक सय ५४ औँ संस्करण भएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष तथा रामलीला सञ्चालक समितिका सदस्य नन्दलाल वैश्यले जानकारी दिए ।
पश्चिम नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला सञ्चालक समितिले १५३औँ वर्षमा पहिलोपटक स्थगित गरेको हो । १५३औँ वर्ष प्रवेश गरेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई कोरोना संक्रमणका कारण विगत दुई वर्षदेखि सार्वजनिकरुपमा नमनाइए पनि प्रतिकात्मकस्वरुप सोही स्थानमा पूजापाठ गरी मनाइने गरिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ बाँकेगाउँस्थित रामलीला मैदानमा हुने उक्त रामलीलामा भगवान श्रीरामको जन्म, श्रीरामको बाल जीवन, श्रीरामसँग देवी सीताको विवाह, धनुष युद्धलगायतका विभिन्न विधाका नाटक नवदुर्गाभर नौ दिन मञ्चन गरिने रामलीला सञ्चालक समितिका सदस्य वैश्यले बताए।
“यसबाट नागरिक कर्तव्य, पत्नी कर्तव्य र वास्तविक मर्यादाको परिभाषा पनि स्पष्ट हुन्छ”, उनले भने । असत्यमाथि सत्यको विजयकारुपमा लिइएको रामलीलाको सो नाटकपछि दसैँको दिन रावणको बध गरेकोसमेत प्रदर्शन गरिनेछ ।
रामलीला मञ्चनका लागि भारतको वृन्दावन धामको ब्रज रासलीला एवं रामलीला मण्डल नेपालगञ्ज आइपुगेको छ । मण्डल सञ्चालक श्री राधारमण शर्मा नेतृत्वको २१ कलाकार टोलीले भगवान् राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीयरूपमा प्रस्तुत गर्ने बताइएको छ । रामलीलाको मञ्चन राज्याभिषेक अर्थात् दशैंको रातिसम्म चल्ने आयोजकले जनाएका छन् ।
रामलीला मञ्चनका लागि मञ्च व्यवस्थापनलगायत सबै तयारी पूरा भइसकेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार कनोडियाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाललाई हिन्दू अधिराज्य बनाउने विषयमा दिल्लीमा बहस
पुष १६, २०८१ मंगलबार
मौन स्नान गरी मनाइयो सोमबारे औँशी
पुष १५, २०८१ सोमबार
लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार