कोइराला समूहले उठाएका मागबारे जानकारी दिन कांग्रेसले पत्रकार सम्मेलन गर्दै
नेपालबहस संवाददाता
असोज ११, २०७९ मंगलबार १७:३९:१७
११ असोज, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले समानुपापितकतर्फका उम्मेदवार छनोटमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै चर्को विरोध गरेपछि यसबारे जानकारी दिन कांग्रेसले पत्रकार सम्मेलनको अयोजना गर्ने भएको छ ।
पार्टीमा आएका विवादले आगामी निर्वाचनलाईसमेत प्रभावित बनाउने अवस्था आएपछि संस्थापन पक्षले पत्रकार सम्मेलन गर्न लगेको हो । पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपमा आयोजना गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
पार्टी प्रवक्ता डा. प्रकाशरण महतले गर्ने पत्रकार सम्मेलनमा शेखर कोइराला समूहको भेला, गठबन्धनमा भइरहेको छलफल, निर्वाचन तयारी लगायत विषयमा केन्द्रित रहने बताइएको छ । नेपाली कांग्रेस संस्थापनइतरका नेताहरूले सभापति शेरबहादुर देउवामाथि निरन्तर दवाव बढाइरहेका छन् ।
निर्वाचन आयोगमा समानपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची बुझाउँदा कोइराला समूहलाई १० प्रतिशत पनि सीट नदिएपछि कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ । कोइराला समूले राखेका मागका सम्बन्धमा पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी डलर स्थिर, अन्य कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
पुष २९, २०८१ सोमबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार