आजदेखि सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी हरिकृष्ण कार्कीले सम्हाल्दै
नेपालबहस संवाददाता
असोज ११, २०७९ मंगलबार २०:५७:४८
११ असोज, काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की घर विदामा बसेपछि वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् । उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की बिदा बसेसँगै हरिकृष्ण कायममुकायम प्रधानन्यायाधीश बनेका हुन् ।
दीपककुमारकार्की आज (मंगलबार) बाट घर बिदामा बसेका छन् । उनी आगामी १५ असोजपछि ६५ वर्षे उमेर हदका कारण अवकाशमा जाँदै छन् । प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबरामाथि महाअभियोग लागेर निलम्बनमा परेपछि सर्वोच्च अदालतको नेतृत्व लगातार दोस्रोपटक कायममुकायम प्रधानन्यायाधीशको हातमा आएको छ ।
प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा गत १ फागुनमा महाभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका थिए । उनी कायममुकायम रहँदै अवकाशमा जाँदै छन् । आगामी २७ मंसिरबाट जबरा पनि ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् ।
जबराले अवकास पाएपछि प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको पालो आउने छ । तर, न्यायपरिषदले अहिले नै उनलाई प्रधानन्यायाधीशमा सिफारिस भने गर्ने छैन् । यसका लागि जबराले अवकास पाउनुपर्छ । अनि मात्र कार्कीले प्रधानन्यायाधीश पाउने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर
पुष २८, २०८१ आइतबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पुष २९, २०८१ सोमबार
पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू
पुष २९, २०८१ सोमबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा रविको थुनछेक बहस सुरू
पुष २९, २०८१ सोमबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार