लमजुङमा चाडपर्व लक्षित बजार अनुगमन, दर्ताविनाका चार पसल बन्द
नेपालबहस संवाददाता
असोज ११, २०७९ मंगलबार २१:९:२७
११ असोज, लमजुङ । दसैँसहितका चाडबाड लागेसँगै लमजुङका विभिन्न बजारमा प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनकै क्रममा मंगलबार दोर्दी गाउँपालिकामा दर्ताविना संचालनमा रहेका चार वटा पसल बन्द गरिएको छ । विनादर्ता सञ्चालनमा रहेको फेला परेपछि पसलहरू बन्द गरिएको हो ।
दोर्दी गाउँपालिका-४ नौथरशेरा बजारमा १८ वटा पसल अनुगमन गर्दा दर्ता नगरी संचालन भएका पसल बन्द गरिएको हो । अनुगमन गरिएकामध्ये चार वटा पसल दर्ताविना संचालनमा रहेको पाइएकाले दर्ता गरेर मात्र पसल संचालन गर्न निर्देशन गरिएको छ । ती पसललाई तत्कालका लागि पसल बन्द गराइएको घरेलु तथा साना उद्योग कार्यालय लमजुङले जनाएको छ ।
अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रेको सामग्री भेटिएको छ । म्याद गुज्रिएको सामग्री जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले बताइन । केही खाद्यान्न पसलमा मूल्यसूची नराखिएको, साइनबोर्ड नराखिएको, किराना पसलमा मदिरा तथा सुर्तीजन्य पदार्थ इजाजतपत्र नलिई बेचबिखन गरेको पाइएको छ । नौथरशेरामा संचालनमा रहेको शिव किराना पसलले विनाइजाजत सुर्तीजन्य पदार्थ बेचबिखन गरेको पाइएकाले ठूलो मात्रामा सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको छ । इजाजतपत्र लिएर मात्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न अनुगमन टोलीले निर्देशन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार