समानुपातिक तर्फका उम्मेदवारबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक, बालुवाटारमा छलफल जारी
नेपालबहस संवाददाता
असोज ११, २०७९ मंगलबार २१:३०:११
११ असोज, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक तर्फका उम्मेदवारबारे पार्टीमा चर्को विरोध भएपछि यसबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् । बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको छ ।
४ मंसिरमा हुने निर्वाचनको समानुपातिक पद्धतितर्फको बन्दसूचीका विषयमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।पदाधिकारी बैठक दिउँसो २ बजेदेखि बसिरहेको छ । कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले दिएको जानकारी अनुसार समानुपातिक तर्फको सूचीमा पार्टीको संस्थापनइतरले विरोध जनाएपछि छलफलका लागि पदाधिकारी बैठक बोलाइएको छ ।
असोज ३ मा निर्वाचन आयोगमा बुझाइएको बन्द सूची प्रति नेता डा. शेखर कोइराला पक्षले असन्तुष्टि व्यक्त गरी विरोधमा उत्रेको छ ।आयोगले बिहीबार र शुक्रबार बन्दसूचीमा रहेका नामहरुमा संशोधन गर्न समय दिएको छ । कोइराला समूहले सभापति देउवालाई बन्दसूची सच्याउन दवाव दिइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पुष २९, २०८१ सोमबार
पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू
पुष २९, २०८१ सोमबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा रविको थुनछेक बहस सुरू
पुष २९, २०८१ सोमबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार