मनास्लु बेस क्याम्प हिमपहिरोमा पुरिएका ९ जनाको उद्धार
नेपालबहस संवाददाता
असोज ११, २०७९ मंगलबार २१:५५:१
११ असोज, गोरखा । चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु बेस क्याम्पमा सोमबार हिमपहिरो जाँदा पुरिएका ९ जनाको उद्धार गरिएको छ । कैलाश एयर, सिम्रिक एयर र एभरेष्ट एयरको हेलिकप्टरद्वारा उनीहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
पुरिएकामध्ये दोलखा गौरीशंकर गाउँपालिका–५ बस्ने ४४ वर्षीय जित बहादुर शेर्पा र संखुवासभा मकालु गाउँपालिका–१ बस्ने २७ वर्षीय सुकु बहादुर तामाङलाई सोमबार साँझ उद्धार गरी उपचारको लागि करुणा अस्पताल काठमाडौंमा ल्याइएको हो ।
सोलुखुम्बु घर भएका ३५ वर्षीय किनु पेम्वा सहित थप ७ जनालाई मंगलबार उद्धार गरी सामागाउँ ल्याइएकोमा ४ जनालाई उपचारको लागि करूणा अस्पताल कपन पठाइएको छ । पहिरोमा पुरिएका अन्य व्यक्तिहरूको खोजी भईरहेको छ । प्रहरी चौकी सामागाउँबाट खटिएको प्रहरीले उद्धार कार्य एवं आवश्यक पहल गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार