समानुपातिक उम्मेदवारको सूची सर्वसम्मत, शेखर समूहका गतिविधि अनुशासनविपरीत
नेपालबहस संवाददाता
असोज ११, २०७९ मंगलबार २२:२७:५४
११ असोज, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको सूची सर्वसम्मत रुपमा तयार भएको बताएको छ । मंगलबार कांग्रेस प्रवक्ता प्रकाशशरण महतले समानुपातिक उम्मेदवार सर्वसम्मत चयन भएको भन्दै एकलौटी रुपमा उम्मेदवार छनोट भएको भन्ने कुरामा सत्यता नभएको बताएका हुन् । प्रवक्ता महतले नेता डा. शेखर कोइराला पक्षले सञ्चालन गरेका पार्टी अनुशासनविपरीतका गतिविधि गम्भीरतापूर्वक नियालिएको बताए ।
आसन्न निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको कांग्रेस समानुपातिकतर्फका उमेदवारको बन्दसूचीको विषयलाई लिएर शेखर पक्षले आपत्ति जनाएको छ । यही असोज १४ गतेसम्मको ‘अल्टिमेटम’ दिएर विरोधका कार्यक्रमको चेतावनी दिइएको छ । प्रवक्ता महतले यही बेला शेखर पक्षलाई प्रतिचेतावनी दिएका हुन् ।
उनले एकपक्षीय रूपमा बन्दसूचीमा नाम सिफारिस गरियो भनिएका विषयमा कुनै सत्यता नभएको बताए । उनले सत्ता गठबन्धनका कारण कतिपय नेताहरूलाई समेट्नैपर्ने बाध्यता रहेको जिकिर गरे । सबैलाई थाहा भएको विषयमा गुटबन्दी गर्नु उचित नहुने उनको भनाइ छ ।
‘समानुपातिक उम्मेवार सर्वसम्मत चयन भएका हुन् । एकलौटी भयो भन्ने कुरामा कुनै सत्यता छैन । कसैलाई कमजोर र कसैलाई बलियो पर्ने गरी सूची तयार भएको छैन‚’ उनले भने‚ ‘विधानअनुसार तयार भएको सूची हो । आन्दोलनको कुरा वाञ्छनीय छैन । सबै निर्णय सहमतिमा भएको निर्णय हो । केही त्रुटि छन्; ती सच्याइन्छ ।’
गठबन्धनका दलहरूसहित प्रतिपक्षी दलले समेत प्रधानमन्त्री र मन्त्रीहरू प्रचारमा जान नपाउने प्रावधान व्यावहारिक भएन भनिरहेको भन्दै प्रधानमन्त्री नै पार्टी सभापति भएको र अन्य मन्त्रीहरू समेत पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेको र पार्टीको पक्षमा जनमत बनाउन हिँड्न नपाउने आचारसंहिताको विषय व्यावहारिक नभएको बताए ।
‘प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकाले उहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उहाँका दैनिक भ्रमण हुने गर्दछन् । प्रधानमन्त्री हाम्रो पार्टीको पनि सभापति हुनुहुन्छ । मन्त्रीहरू पनि पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा हुनुभएको हुँदा आफ्नो पार्टीका पक्षमा जनमत बनाउन हिँड्न नपाउने भन्ने कुरा व्यावहारिक छैन । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत हेरेर यसलाई लचिलो बनाउने हामीले विश्वास लिएका छौं ।’
चुनावपछि संघ र प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने भन्दै उनले काठमाडौँ आएका कार्यकर्तालाई जिल्ला फर्किएर चुनावी अभियानमा लाग्न निर्देशन दिएका छन् । कोइराला समूहले गरिरहेको गतिविधि उपयुक्त नभएको भन्दै प्रवक्ता महतले देशभरिका कांग्रेस कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
पुष २९, २०८१ सोमबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार