पार्किङको चपेटामा पोखराको साइकल लेन
नेपालबहस संवाददाता
असोज ११, २०७९ मंगलबार २२:३८:४९
११ असोज, अन्नपूर्ण । साइकलमैत्री सहर बनाउने उद्देश्यले पोखराको सडकमा बनाइएको साइकल लेन पार्किङको अतिक्रमणमा परेको छ। साइकल लेनको अवस्था हेर्दा सबैको हेपाइपेलाइमा परेको देखिन्छ । पोखरा महानगरपालिकाले बनाएको जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड विपीचोक र महेन्द्र पुल क्षेत्रको साइकल लेनमा जथाभाबि पार्किङ गरेको भेटिन्छ । स्वास्थ्य सचेतना र साइकलमैत्री सडक संरचना निर्माण हुने आशा गरिए पनि पार्किङ समस्याले साइकल यात्रीलाई निरुत्साहित बनाएको छ ।
साइकल सिटी पोखराको परिकल्पना र महानगरको लगानीमा साइकल लेन निर्माण गरिएको साइकल लेन निर्माण उपभोक्ता समितिका संयोजक राजन गोंगजुले जानकारी दिए । साइकल लेन निर्माणका लागि पोखरा महानगले रु तीस लाख खर्चिएको संयोजक गोंगजुले बताए। महानगरले उपलब्ध रु तीस लाखमा उपभोक्ता समितिले पाँच लाख ३० हजार उठाएर लेन बनाएको हो । उनका अनुसार रातारात काम गरेर आयोजनाको काम सकाएको हो । पोखरादेखि हेम्जासम्मै पुर्याउने योजना भए पनि बजेट अभाव कारण नसकिएको उनले सुनाए । आगामी दिनमा पोखराभरी नै सडकको दुबै तर्फ लेन बनाउने योजना रहेको छ ।
पोखरा महानगरले जिरो किलोमिटरदेखि महेन्द्रपुलसम्म बनाएको लेनमा साइकल चलाउँदा पटक–पटक समस्या भाग्नु परेको साइकल यात्री विश्व तण्डुकारले बताए । “स्वास्थ्यका लागि हरेक बिहान नयाँ लेनमा साइकल चलाउँछु, साह्रै गाह्रो हुन्छ”, उनले भने, “जिरोबाट विपीचोकसम्म पुग्दा ठाउँ ठाउँमा सवारी पार्किङ गरेको भेट्छु ।” साइकल लेनका बारेमा धेरैलाई ज्ञान नहुँदा सर्वसाधरण साइकल यात्रीले झनै समस्या झेलिरहेको उनको भनाइ थियो ।
“हामी ग्रुपमै हिँड्दा त यति धेरै समस्या झेल्नुपर्छ”, उनले भने, “अझै एक्लै हिँड्नेको हालत कस्तो होला, लेनका बारेमा सबैले बुझ्नुपर्ने हो, त्यसो भएको पाउँदिन् ।” लेनका पार्किङ नगर्न नराउनका लागि साइकल सिटी पोखराले जनचेतनामूलक कार्यक्रम गर्न लागेको साइकल सिटी पोखराका उपाध्यक्ष राजन गोंगजुले जानकारी दिए । पोखरामा दैनिक एक हजार साइकल गुड्छन् ।
साइकल सिटी पोखरामा अहिले दुई सय ५० भन्दा बढी साइकलयात्री आवद्ध रहेका छन् । संस्थामा आवद्ध नभएका त्यो भन्दा बढिरहेको उनले जानकारी दिए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आवश्यकताका आधारमा बने पनि अव्यवस्थित बनेको प्रतिक्रिया या दिए । थोरै भएका कारण पनि धेरैले यसको महत्व नबुझेको उनको भनाइ छ ।
‘‘जति बनाएका छौँ यसले मात्र प्रायप्त नहुने रहेछ,’’ उनले भने, ‘‘लामो गन्तव्यमा पुग्ने भएपछि बुझ्ने रहेछ, त्यसैले यसमा हामीले थप गर्ने योजना बनाएका छौँ ।’’ महानगरले पार्किङलाई थप व्यवस्थापन गरिरहेकाले केही समयपछि साइकल लेनमा पार्किङ गर्न बन्देज लगाउने प्रमुख आचार्यले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार