पूर्वमाधव नेपाल समूहका नेतामाथि ओलीको निगरानी, रावलको नाम एकल सिफारिस भएकोप्रति असन्तुष्टि
नेपालबहस संवाददाता
असोज १२, २०७९ बुधबार १६:२८:६
१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व माधव नेपाल समूह भनेर चिनिएका नेताहरुलाई निगरानीमा राख्दै अगामी निर्वाचनमा सर्त राखेर मात्रै टिकट दिने भएका छन् । उनले ओलीसँग अध्यक्षमा प्रत्यासी बनेका भीम रालवलाई आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदारीका लागि एकल नाम सिफारिस भएकोप्रति पनि असन्तुष्टि जनाएका छन् ।
अध्यक्ष ओलीले भीम रावल अछाम– १ बाट प्रतिनिधिसभाको उम्मेदवारमा एकल सिफारिस भएकोप्रति पार्टीको सुदूरपश्चिमका नेताहरूसँग स्पष्टीकरण लिएका छन् । ओलीले सोमबार साँझ प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य यज्ञ बोगटी, अछाम इन्चार्ज झपट बोहोरा, अछाम जिल्ला अध्यक्ष चन्द्र बोहोरा र कृष्णप्रसाद जैसीसँग ओलीले रावलको सिफारिसबारे स्पष्टीकरण लिएका हुन् ।
उनले समग्र जिल्लाको अवस्थाबारे चासो व्यक्त गर्दै रावलले कसरी चुनाव जित्छन भन्ने प्रश्न गरेका थिए । ओली पार्टीले प्रक्रियागत रुपमा तल्लो कमिटीबाट उम्मेदवार सिफारिस भएर आएको भन्दै रावलले चुनाव लड्ने वा नलड्नेबारे केही नभनेको बताएका थिए । लामो समयदेखि रावल कमरेडसँग आफ्नो संवाद नभएको भन्दै ओलीले पार्टीमा यो अवस्थाले राम्रो सन्देश नजाने बताएको एक नेताले जानकारी दिए ।
सुदूरपश्चिमका नेताहसँग ओलीले करिब ४५ मिनेटसम्म रावलका विषयमा छलफल गरेको ती नेताले बताए । उनले कुनै पनि निर्वाचन क्षेत्रबाट ३ जना उम्मेदवारको सिफारिस गर्ने कार्यविधि अनुसार रावलको सिफारिसका क्रममा नियम पालना नभएको भन्दै चासो व्यक्त गरेको छलफलमा सहभागी नेताले जानकारी दिए । पूर्वमाधव नेपाल समूहका भनेर चिनिएका एमालेका दश नेता मध्ये एकल सिफारिस भएका रावलमात्रै हुन् ।
अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय र जिल्ला हुँदै प्रदेश कमिटीले अछाम– १ बाट रावल र अछाम– २ बाट यज्ञ बोगटीलाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो । यसैविच गत वर्ष चितवनमा भएको दसौं महाधिवेशनमा ओलीविरुद्ध अध्यक्षमा प्रतिस्पर्धा गरेका रावल अहिले एमालेको कुनै कमिटीमा छैनन् ।
एमालेको आन्तरिक विवादमा माधवकुमार नेपालनिकट रहेका तर विभाजनका बेला मूल पार्टीमै बसेका १० नेतामध्ये उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र रघुजी पन्त, केन्द्रीय सदस्य भीम आचार्य, भीम रावललगायत नेता आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका रूपमा जिल्ला र प्रदेश तहबाट सिफारिस भएका छन् । यसरी सिफारिस भएर आएकामध्ये पन्तलाई समानुपातिक सूचीमा राखिएको छ ।
औपचारिक निर्णय हुनुपूर्व ओलीले ती नेतालाई आत्मालोचना गराउन खोजेका छन् । विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रूपमा आफूले गरेका कामको विरोध गर्नेलाई ओलीले अनुशासन उल्लंघनको विषय बनाएर आत्मालोचना गराउन खोजेका हुन् । उनीहरुले आत्मआलोचना नगरे टिकट दिन नसकिने ओलीले बताउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पुष २९, २०८१ सोमबार
पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू
पुष २९, २०८१ सोमबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा रविको थुनछेक बहस सुरू
पुष २९, २०८१ सोमबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार